कर्णालीमा कोरोना निको हुनेको सङ्ख्या एक हजार दुई सय नाघ्यो

0
Shares

सुर्खेत, २१ असार । कर्णाली प्रदेशमा कोरोना भाइरस सङ्क्रमणपछि निको भई डिस्चार्ज हुनेको सङ्ख्या एक हजार २०० नाघेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार पछिल्लो चौबिस घण्टामा विभिन्न आइसोलेशनबाट २३ जना डिस्चार्ज भएसँगै कोरोना निको हुने सङ्ख्या १२०१ पुगेको हो ।

पछिल्लो चौबिस घण्टामा कोरोना जितेर घर जानेहरुमा दैलेको आठबीस आइसोलेशनबाट २० र प्रदेश अस्पताल सुर्खेतबाट तीनजना रहेका छन् । सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाद्वारा नियमित मिडिया ब्रिफिङमा पछिल्लो चौबिस घण्टामा छ जना कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।

महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले दैलेख जिल्ला अस्पतालस्थित प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँमा गरिएको परीक्षणमा जानकारी दिए ।

थपिएका सङ्क्रमितमध्ये सल्यानको दार्मा गाउँपालिकाका पाँच र दैलेखको डुङ्गेश्वर गाउँपालिकाका एकजना रहेका छन् ।

कर्णालीमा कूल सङ्क्रमितको सङ्ख्या एक हजार ४८९ पुगेको छ भने ६ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, २८२ जनामात्र आइसोलेशनमा रहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *