कान्ति बाल अस्पतालमा उपचाररत १३ महिने शिशुमा कोरोना संक्रमण

काठमाडौँ, २० असार । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा उपचाररत १३ महिनाको शिशुमा कोरोना भाइरसको संक्रमण देखिएको छ । गत आइतबार उपचारका उदयपुरबाट ल्याइएका शिशुमा शुक्रबार कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि पछि उनलाई बलम्बुस्थित युनिफाइड अस्पतालमा पठाइएको छ ।

अस्पतालका निर्देशक डा कृष्णप्रसाद पौडेलले कान्ति अस्पतालमा पहिलो पटक संक्रमण देखिएको पुष्टि गर्दै, शिशुको अवस्था भने सामान्य रहेको बताए ।

‘रगतमा कमि, ज्वरो आएको लगायतका समस्या लिएर गत आइतवार बेलुका परिवारले उपचारका लागि कान्ति ल्याएको थियो । हामीले सस्पेक्टेड केश भनेर आइसोलेसनमा राखेका थियौँ । सोमबार कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरयौँ । त्यसको रिपोर्ट पोजेटिभ आयो । हामीले यसअघि पनि थुप्रैको परीक्षणका लागि पठाएका थियौँ । तर पोजेटिभ आएको यो पहिलो हो,’ डा पौडेलले भने ।

अस्पतालले कोरोनाका लागि छुट्टै आइसोलेसन वार्ड, टिम बनाएको छ । त्यसैले संक्रमण देखिएपनि अस्पताल सुरक्षित ढंगले सञ्चालन भइरहेको उनले प्रष्ट पारे ।

आइसोलेसन वार्डमा शिशुको उपचारमा सम्लग्न चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुको पीसीआर परीक्षण गर्ने तयारी भएको बताए ।

आइसोलेसन वार्डमै रहेका केही बच्चाहरुको समेत पीसीआर परीक्षणका लागि पठाएको तर त्यसको रिपोर्ट आइनसकेको उनले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *