बढ्दो क्रममा कोरोना संक्रमण, अनुसन्धानमा पनि बृद्धि

काठमाडौँ, १४ असार ।  देशमा कोरोना भाइरस (कोभिड – १९)को संक्रमणले तिब्रता पाएका बेला यसको अनुसन्धान गर्न खोज्नेहरुको समेत संख्या बढ्दो छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा केही महिना यता कोरोना भाइरस विषयमा विभिन्न कोणबाट अनुसन्धान गर्न ११५ वटा संस्थाले इथिकल रिभ्युका लागि निवेदन परेको छ । त्यसमध्ये ८७ वटाले स्वीकृति पाइसकेको परिषद्का कार्यकारी सदस्यसचिव डा . प्रदीप ज्ञवालीले बताए ।उनले बाँकी निवेदनका विषयमा पनि छिटै निर्णय लिइने जानकारी दिए ।

नेपालमा स्वास्थ्य सम्वन्धी कुनै पनि विषयको अनुसन्धान गर्नु अघि परिषदमा रहेको इथिकल बोर्डको स्वीकृति लिनु पर्छ ।

परिषदका बरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ घिमालले कोरोनाको किटको गुणस्तर देखि व्यक्तिमा पारेको मानसिक असरको बारेमा समेत अध्ययन् अनुसन्धान हुन थालेको बताए ।

‘परिषदबाट स्वीकृति लिएर कोरोनाका विषयमा धेरै कोणबाट अनुसन्धान भइरहेका छन् । कतिपय हुने क्रममा छन् । यसले आम सर्वसाधारणको स्वास्थ्य जोगाउन र सरकारलाई नयाँ रणनीति बनाउन मद्धत पुग्नेछ भन्ने हाम्रो उदेश्य हो,’ उनले भने ।

त्यसो त परिषदले केही समय अघि आरडीटी किटबाट परीक्षणको प्रभावकारीताको अध्ययन गरेको थियो । अब जीन सिक्वेन्सिङ सम्वन्धी अनुसन्धान समेत अघि बढाउदै छ । कोरोनामा प्रयोग हुने औषधिको क्लिनिकल ट्रायलका लागि विश्व स्वास्थ्य संगठनले गरेको आवहानलाई समेत परिषद्ले सकारात्मक रुपमा अघि बढाउँदै सहभागी हुने निर्णय गरिसकेको छ ।

सोही अवसरमा डा धिमाले कोभिड – १९ को महामारी सम्वोधनमा नेपालभरी स्वास्थ्य क्षेत्रमा भइरहेको तत्परता र तयारीको बारेमा भएको अनुसन्धानको प्रतिवेदन समेत सार्वजनिक गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *