देशभर थपिए ४६३ जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या १२ हजार ७७२

0
Shares

 

काठमाडौँ, १४ असार । पछिल्लो चौविस घण्टामा देशभर थप ४६३जनामा कोरोना संक्रमण देखिएको छ । जसमा १०५ जना महिला र ३५८ जना पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ४६३ जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ। जसमा १ हजार ४७४ जना महिला र ११ हजार २९८ जना पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार संक्रमित हुने जिल्लाहरु ७७ वटै रहेका छन् । ।

पछिल्लो २४ घण्टामा थप १७९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। जसमा १३ महिला र १६६ जना पुरुष छन् ।

यो सहित डिस्चार्ज हुनेको कुल संख्या ३ हजार १३ पुगेको छ। जसमा २५५ जना महिला र २ हजार ७५८ जना पुरुष रहेका छन् ।

त्यसैगरी देशभरका बिभिन्न अस्पतालका आइसोलेशनमा ९ हजार ७३१ जना उपचाररत छन् ।

यसैगरी २४ घण्टामा देशभरका २२ वटा प्रयोगशालामा ४ हजार ९६२को पीसीआर नमुना परीक्षण गरिएको छ । भने २ हजार ७३२ आरडिटी गरिएको प्रवक्ता गौतमले जानकारी दिए ।

यो संगै अहिलेसम्म २ लाख १५ हजार ३९ जनाको पीसीआर परीक्षण भएको छ। भने २ लाख ९६ हजार ७६६ जनाको आरडिटी परीक्षण भएको छ।  देशभरका विभिन्न क्वारेन्टिनमा ६१ हजार ७३१ जना रहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *