स्वास्थ्य मन्त्रालयले भन्यो, ‘भाइरस रिमुभिङ कार्डको भ्रममा नपरौँ’

स्थायी कमिटि बैठकमा भाइरस रिमुभिङ कार्ड भिरेका नेकपाका नेताहरु

काठमाडौँ, १३ असार । नेकपाको स्थायी समिति बैठकमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री एवं बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताका घाँटीमा भाइरस रिमुभिङ कार्ड झुण्डिएको छ । तर स्वास्थ्य मन्त्रालयले भने यस्ता कार्डको भ्रममा नपर्न अनुरोध गर्दै यसरी भ्रम सिर्जना गर्नमा सम्लग्न हुने व्यक्तिमा कारवाही गर्न समेत सम्वन्धीत निकायलाई अनुरोध गरेको छ ।

कोरोना सम्वन्धी नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हिजो आज बजारमा भाइरस रिमुभिङ कार्ड पत्ता लागेको र यो घाटीमा झुण्ड्याउँदा कोभिड – १९ लाग्दैन भन्ने भ्रम सिर्जना पाइएको भन्दै यस्तो किसिमको भ्रममा नपर्न आम सर्वसाधारणलाई अनुरोध गरेका छन् ।

उनले समाजका प्रतिष्ठत व्यक्तिले समेत त्यस्ता कार्ड झुण्ड्याएको पाइएको भन्दै मन्त्रालय यस्ता गतिविधिप्रति चिन्तित रहेको उल्लेख गरेका छन् । ‘कोरोना भाइरस नियन्त्रणका लागि अध्ययन् अनुसन्धानमा संसारभरका बैज्ञानिकहरु जुटिरहेको र अहिलेसम्म त्यस्तो कुनै औषधि वा बस्तुहरु फेला नपरेको भन्दै यस्ता कार्डहरुको व्यापार बढाउने गरी गरिएका कदममा सहभागीहरुलाई कानूनी कारवाहीको दायरामा ल्याउन समेत उनले सम्वन्धीत निकायको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने ।

नेकपाको तीन दिन देखि जारी स्थायी कमिटी बैठकमा पार्टीका शीर्ष नेता तथा मन्त्रीहरुले नै यो कार्ड भिरेका छन् ।

यसले आम सर्वसाधारणमा भ्रम सिर्जना गरेको स्वास्थ्यविज्ञहरुले बताउँदै आएका थिए । पार्टीका जिम्मेवार नेताहरुको यसरी हलुका रुपमा प्रस्तुत भएको भन्दै आलोचना शुरु भईसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *