गण्डकी प्रदेशमा शनिबार थपिए ३२ जना कोरोना संक्रमित

0
Shares

पोखरा, १३ असार । गण्डकी प्रदेशमा शनिबार ६ महिला र २६ पुरुष सहित ३२ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ र राष्टिय जनस्वाथ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बागलुङ, स्याङ्जा र पूर्वी नवलपरासीका गरी ३२ जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले विहान ७१५ मा गरेको कोरोना अपडेटमा बागलुङको काठेखोला गाँउपालिकामा ७ जना पुरुष र ढोरपाटन नगरपालिकामा १ गरी ८ जना पुरुषमा संक्रमण देखिएको छ ।

यस्तै स्याङ्जाको पुतलीबजार नगरपालिका, विरुवा गाँउपालिका र वालिङ नगरपालिकामा एक एक जना, यस्तै अर्जुन चौपारी गाँउपालिकामा ६ महिला र १३ पुरुष गरी १९ जनामा संक्रमण देखिएको छ । उता नवलपरासी पूर्व हुप्सेकोट गाँउपालिकामा २ जना पुरुषमा समेत कोरोना संक्रमण देखिएको छ ।

यो संगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या ८३८ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *