गण्डकी प्रदेशमा शनिबार थपिए ३२ जना कोरोना संक्रमित

पोखरा, १३ असार । गण्डकी प्रदेशमा शनिबार ६ महिला र २६ पुरुष सहित ३२ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ र राष्टिय जनस्वाथ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बागलुङ, स्याङ्जा र पूर्वी नवलपरासीका गरी ३२ जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले विहान ७१५ मा गरेको कोरोना अपडेटमा बागलुङको काठेखोला गाँउपालिकामा ७ जना पुरुष र ढोरपाटन नगरपालिकामा १ गरी ८ जना पुरुषमा संक्रमण देखिएको छ ।

यस्तै स्याङ्जाको पुतलीबजार नगरपालिका, विरुवा गाँउपालिका र वालिङ नगरपालिकामा एक एक जना, यस्तै अर्जुन चौपारी गाँउपालिकामा ६ महिला र १३ पुरुष गरी १९ जनामा संक्रमण देखिएको छ । उता नवलपरासी पूर्व हुप्सेकोट गाँउपालिकामा २ जना पुरुषमा समेत कोरोना संक्रमण देखिएको छ ।

यो संगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या ८३८ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *