झुण्डिएको अवस्थामा भेटिएको पुरुषको शवमा कोरोना पोजेटिभ
दैलेख, ११ असार । गत मंगलबार झुण्डिएको अवस्थामा मृत भेटिएको पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पतालमा गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ संक्रमण भएको पुष्टि भएको हो ।
दुल्लु नगरपालिका १० गमौडीका २१ बर्षीय पुरुष गत११ जेठमा भारतको अहमदावाद भारतबाट फर्किएर स्थानीय क्वारेन्टाइनमा १४ बसी आरडीटी परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि घर गएका थिए । क्वारेन्टाइनबाट घर पुगेको १६ दिनपछि झुन्डिएको अवस्था शव फेला परेको प्रहरीले जनाएको छ ।
गत मंगलबार शव फेला परेपछि प्रहरीले बुधबार दुल्लु अस्पतालमा पोष्टमार्टम गरिएको र सोही दिन मृतकको शबबाट स्वाब संकलन गरी परीक्षणका लागि सुर्खेत पठाइएको थियो ।
कर्णाली प्रदेशका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले आज अपरान्ह ४ बजे आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको बताए ।
उनले यो सहित कर्णाली प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको जानकारी दिए ।
यससंग नेपालमा कोरोनाबाट मृत्यु हुनेको सख्या भने २७ पुगेको छ ।
सम्पर्क इमेल : [email protected]