पछिल्लो चौविस घण्टामा देशभर थपिए ४३४ जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या ११ हजार १६२

काठमाडौँ, ११ असार । पछिल्लो चौविस घण्टामा देशभर थप ४३४ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा ४८ जना महिला र ३८६ पुरुष छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ४३४ जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ। जसमा १ हजार २० जना महिला र १० हजार १४२ जना पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार संक्रमित हुने जिल्लाहरु ७६रहेका छन् । अहिलेसम्म देशभरका जिल्ला मध्ये रसुवा जिल्लामा मात्र कोरोना संक्रमण देखिएको छैन ।

त्यसैगरी पछिल्लो चौविस घण्टामा थप ३१२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। जसमा २९३ जना पुरुष र १९ जना महिला छन् ।

यो सहित डिस्चार्ज हुनेको कुल संख्या २ हजार ६५० पुगेको छ।

त्यसैगरी पछिल्लो चौविस घण्टामा कोरोना संक्रमणबाट पाटन अस्पतालमा उपचाररत एक जना ५० बर्षीय पुरुष र स्याङ्जा शिरुवारीका ५५ बर्षीय पुरुष गरी दुईजनाको मृत्यु भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *