स्वास्थ्यकर्मीको स्तरबृद्धिमा भएको ढिलाईप्रति निजामती कर्मचारी संगठनको चासो

काठमाडौँ, १० असार । स्वास्थ्य सेवा तर्फ पाँचौ, छैटौँ र सातौँतहका कर्मचारीको डेढ बर्ष देखि रोकिएको स्तरबृद्धि प्रति नेपाल निजामती कर्मचारी संगठन विभागीय कार्यसमिति स्वास्थ्य मन्त्रालयले चासो दिएको छ ।

उसले आजै स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई भेटि स्तरबृद्धि सम्वन्धी बाँकी रहेका सबैकाम एक साता भित्र परिणाम देखिने गरी सम्पन्न गरी सार्वजनिक गर्न माग गरेको छ ।

समितिका अध्यक्ष लक्ष्मीकुमारी पौडेलको अगुवाईमा विभाग पुगेको टोलीले महानिर्देशक डा दीपेन्द्ररमण सिंह समक्ष ध्यानाकर्षण पत्र सकेत बुझाएको छ ।

उक्त पत्रमा एक साता भित्र स्तरबृद्धिको काम सम्पन्न गर्नुपर्ने, कानूनी तथा प्राविधिक कारणले स्तरबृद्धि हुन नसकेका स्वास्थ्यकर्मीहरुको कारण र कैफियत खुलाई विवरण सार्वजनिक गर्नुपर्ने र कागजात नपुगेकाहरुको हकमा एक महिना भित्र समाधान गर्ने गरी आवश्यक सबै प्रवन्ध गर्न समेत माग गरेको छ ।

कोभिड – १९ को महामारीविरुद्ध अग्रभागमा रहेका काममा खटिएका स्वास्थ्यकर्मीहरु (पाँचौँ, छैटौँ र सातौँ तह)को प्रत्येक बर्ष असार र पुस महिनामा स्तरबृद्धि २०७५ पुसबाट रोकिएको छ । तर मन्त्रालय र विभागले भने ६ महिना अघि देखि नै स्तरबृद्धिको काम भइरहेको बताउँदै आएको छ ।

स्तरबृद्धिमा भएको ढिलाईले अग्रभागमा रहेर काम गरेका स्वास्थ्यकर्मीहरुको मनोवल खस्कँदो देखिएको भन्दै तत्काल सम्वोधन गर्नुपर्ने माग गरेको छ ।

स्वास्थ्य सेवा तर्फ पाँचौँ, छैटौँ र सातौँ तहका स्तरबृद्धि हुनुपर्ने स्वास्थ्यकर्मीको संख्या ६ हजारको हाराहारीमा रहेको छ ।

आज बुझाएको ध्यानाकर्षण पत्रमा निजामती कर्मचारीले अब यो विषयका लागि यो पत्र अन्तिम बनोस भन्दै व्यंग समेत गरेका छन् ।

यस्तो छ ध्यानाकर्षण पत्र

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *