कैलालीमा थप ५७ जनामा कोरोना संक्रमण

0
Shares


कैलाली, १० असार । कैलालीमा एकै दिन ५७ जनामा कोरोना संक्रमण देखिएको छ ।

धनगढीस्थित प्रयोगशालामा गरिएको पिसीआर परीक्षणका क्रममा कैलालीका ४७ पुरूष  र १० महिला  गरी ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालले १ बजे विज्ञप्ती जारी गर्दै २ सय ५४ जनाको स्वाब परीक्षण गर्दा कैलालीको लम्कीका ६ महिला र १९ पुरूष र गोदावरी नगरपालिकाकी ५ वर्षीया बालिकासहित ४ महिला र २८ पुरूषमा कोरोना पुष्टि भएको जनाएको हो।

अहिले सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा १२ जनाको उपचार भइरहेको जनाइएको छ। जसमा २ जना महिला र १० जना पुरुष छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *