ओखलढुङ्गामा पनि देखियो कोरोना, संक्रमित जिल्ला ७६ पुग्यो

4
Share

ओखलढुङ्गा, ७ असार । ओखलढुङ्गामा पहिलो पटक एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । लिखु गाउँपालिकाका एक २८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमित जिल्ला ७६ पुगेको छ ।

भारतबाट फर्किएका उनको पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै आज साँझ ओखलढुङ्गामा कोरोना सङ्क्रमित भेटिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए । सङ्क्रमित लिखु गाउँपालिकाको क्वारेन्टिनमा छन् ।

भारतको गोरखपुरबाट आएका ती युवकलाई सीधै क्वारेन्टिनमा राखिएको थियो । उनी एक हप्ताअघि जिल्ला आएका हुन् ।

आज पिसिआर रिपोर्ट आएका ६ जनामध्ये एक जनाको पोजेटिभ रिपोर्ट आएको हो ।

देशको कुल ७७ जिल्ला मध्ये कोरोना संक्रमण नदेखिएको जिल्ला रसुवा मात्रै भएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *