देशभर थपिए ४२६ जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या ८ हजार २७४

काठमाडौँ, ५ असार । पछिल्लो चौविस घण्टामा देशभरका विभिन्न जिल्लाका थप ४२६ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ४२६ जनामा संक्रमण देखिएको बताए । जसमा ८८ जना महिला र ३३८ जना पुरुष हरेका छन् ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या ८ हजार २७४ पुगेको छ । जसमा ७०७ जना महिला र ७ हजार ५६७ जना पुरुष छन् ।

मन्त्रालयका अनुसार संक्रमित हुने जिल्लाहरु ७४ रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप २१६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। जसमा २०७ जना पुरुष र ९ जना महिला छन् ।

यो सहित डिस्चार्ज हुनेको संख्या १ हजार ४०२ पुगेको छ।

यसअघि बिहीवार ९हिजो० ६७१ जनामा कोरोना संक्रमण देखिएको थियो ।

त्यसैगरी मृत्यु हुनेको संख्या भने २२ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *