देशभर थपिए ४२६ जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या ८ हजार २७४

0
Shares

काठमाडौँ, ५ असार । पछिल्लो चौविस घण्टामा देशभरका विभिन्न जिल्लाका थप ४२६ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ४२६ जनामा संक्रमण देखिएको बताए । जसमा ८८ जना महिला र ३३८ जना पुरुष हरेका छन् ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या ८ हजार २७४ पुगेको छ । जसमा ७०७ जना महिला र ७ हजार ५६७ जना पुरुष छन् ।

मन्त्रालयका अनुसार संक्रमित हुने जिल्लाहरु ७४ रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप २१६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। जसमा २०७ जना पुरुष र ९ जना महिला छन् ।

यो सहित डिस्चार्ज हुनेको संख्या १ हजार ४०२ पुगेको छ।

यसअघि बिहीवार ९हिजो० ६७१ जनामा कोरोना संक्रमण देखिएको थियो ।

त्यसैगरी मृत्यु हुनेको संख्या भने २२ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *