प्रदेश नं २ आज थप १४७ जनामा कोरोना संक्रमण

बीरगञ्ज, १ असार । प्रदेश नं २ आज थप १४७ जनामा कोरोनाभाइरस (कोभिड१९)को संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, हेटौडाको कीटजन्य रोग नियन्त्रण केन्द्रको प्रयोगशाला र नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर जाँच गर्दा थप १४७ जनामा कोरोना देखिएको हो ।

प्रदेश नं २ का अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा एक जना महिला र ११० पुरुष सहित कुल १११ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

संक्रमित हुनेहरु अधिकांश रौतटह जिल्लाका हुन् भने सर्लाही, बारा, सिराहा र महोत्तरीका पनि छन् । यस्तै हेटौडाँका कीटजन्य रोग प्र्रयोगशालामा २ महिला र २३ पुरुष गरी कुल २५ जनामा पोजेटिभ देखिएको छ ।

उनीहरु सबै रौतहटको यमुनामाई, राजदेवी र इशानाथ नगरपालिकाका बासिन्दा हुन् ।

यस्तै नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बारा र पर्साका गरी कुल ९ जनामा संक्रमण देखिएको छ । त्यसमा एक जना महिला छन् ।

४ जना स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमण

यसैबीच पर्सास्थित नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा ४ जना स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमण देखिएको छ ।

पर्सास्थित विन्दवासीनी क्वारेन्टाइनमा रहेका बर्ष ५६, ४३, ३९ का तीन जना पुरुष स्वास्थ्यकर्मी र सोही क्वारेन्टाइनमा रहेकी एक जना ३२ बर्षीया स्वास्थ्यकर्मी महिलामा संक्रमण देखिएको नारायणी अस्पतालका मेसु डा मदनकुमार उपाध्यायले बताए ।

उनले संक्रमितमध्ये तीन जना पर्सा र एक जना रौतहटको रहेको रहेको जानकारी आफूले पाएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *