गण्डकी र कर्णाली प्रदेशमा थप ७१ जनामा कोरोना संक्रमण

काठमाडौँ, ३२ जेठ । गण्डकी र कर्णाली प्रदेशमा गरी आइतबार विहान थप ७१ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेशमा २ जना र कर्णाली प्रदेशमा ६९ जनामा कोरोना संक्रमण देखिएको हो ।

सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश अन्तरगर्तको प्रदेश स्वास्थ्य कार्यालयका अनुसार नवलपरासी बर्दघाट सुस्ता पूर्व देवचुली नगरपालिका स्थायी ठेगाना भई सोही नगरपालिकाको क्वारेन्टाइनमा रहेका बर्षका २३ र ३२ का दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनमा लैजाने तयारी भएको बताइएको छ ।

उता कर्णाली प्रदेश अन्तरगर्त सुर्खेत ४० र दैलेखमा २९ गरी थप ६९ जनामा कोरोना संक्रमण देखिएको छ । कर्णालीको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश अस्पताल सुर्खेतको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बराहाताल गाँउपालिका वडा नं ४ मा ९ जना पुरुष, भेरीगंगा नगरपालिका वडा नं ८, ९, १० र ११ मा गरी ९ जना पुरुष, एक जना महिला गरी १० जना, बीरेन्द्रनगर नगरपालिका वडा नं १ मा एक जना पुरुष, चौकुने गाउपालिका वडा नं ४, ९ र १० मा गरी ६ जना पुरुष र दुई जना महिला गरी ८ जनामा संक्रमण देखिएको छ ।

यस्तै सुर्खेतकै गुर्भाकोट नगरपालिका वडा नं १, ४, ११, १२, १३, १४ मा ११ जना पुरुष र १ जना महिला गरी १२ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

उता दैलेखको आठवीस नगरपालिका वडा नं ५ मा ७ जना पुरुष, वडा नं ६ मा छ महिने बालक सहित ८ जना पुरुष र ४ जना महिलामा संक्रमण देखिएको छ । यस्तै नौमुले गाँउपालिका वडा नं १, ६, ७, ९मा गरी कुल ९ जना पुरुषमा पनि संक्रमण देखिएको छ । यस्तै ढुंगेधर गाँउपालिका वडा नं ३ मा एक जना पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

यो संगै कर्णाली प्रदेशमा संक्रमित हुनेको संख्या ९१५ पुगेको छ ।

यसैबीच आज दैलेख अस्पतालबाट ५ जना र दुल्लु अस्पतालबाट ४ जना सहित कुल ९ जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सहित कर्णाली प्रदेशबाट डिस्चार्ज हुनेको संख्या ९१ पुगेको बताइएको छ । कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *