कोरोना भाइरसबाट पाकिस्तानमा एकै दिन १०० जनाको मृत्यु

0
Shares

इस्लामाबाद, २७ जेठ । कोरोना भाइरसबाट संक्रमित भएका एक सयभन्दा बढी व्यक्तिको पछिल्लो २४ घण्टाको अवधिमा मृत्यु भएको पाकिस्तानी स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

गत मध्य मार्च महिनादेखि जारी आंशिक लकडाउनको अवधिमा भएको मृत्युको यो संख्या सबैभन्दा ठूलो हो ।

मंगलबार सम्ममा पाकिस्तानमा कोरोनाभाइरसबाट एक लाख ८ हजार ३१६ जना संक्रमित भएका छन् भने कूल मृत्यु हुनेको संख्या दुई हजार १७२ पुगेको छ ।

स्वास्थ्य विज्ञ एवं विपक्षी राजनीतिज्ञहरुले निरन्तर आलोचना गरेपनि प्रधानमन्त्री इमरान खानले लकडाउनका प्रतिबन्धहरु निरन्तर खुकुलो बनाएका छन् । उनले पूर्ण लकडाउनबाट मुलुकको अर्थतन्त्र धरासायी हुने बताउँदै यसबाट २२ करोड पाकिस्तानी जनताको जीवनयापनमा ठूलो संकट आउने चेतावनी दिएका छन् ।

पाकिस्तानमा गरिबीको स्तर करिब ३० प्रतिशत छ, अर्थात उनीहरुको दैनिक आय १.९० डलरभन्दा कम छ । पाकिस्तानमा सामाजिक दूरी कायम गर्ने तथा मास्क लगाउनुपर्ने नियम भए पनि धेरैले यसलाई बेवास्ता गरिरहेका छन् । रासस–एपी
––

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *