पछिल्लो चौविस घण्टामा देशभर ३२३ जनामा कोरोना संक्रमण

काठमाडौँ, २७ जेठ । पछिल्लो चौविस घण्टामा देशभर ३२३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले बागलुङ, नवलपुर, बाँके, जुम्ला, धनुषा, कपिलवस्तु, महोत्तरी, नवलपरासी, नुवाकोट, रौतहट, सर्लाही, सिराहा, म्याग्दी लगायतका जिल्लाहरुबाट सो संख्या थप भएको बताए ।
यो संगै कुल संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ ।
संक्रमित जिल्ला पनि बढेर ७२ पुगेको छ । आज इलाम जिल्ला थपिएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



