पछिल्लो चौविस घण्टामा देशभर ३२३ जनामा कोरोना संक्रमण

काठमाडौँ, २७ जेठ । पछिल्लो चौविस घण्टामा देशभर ३२३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले बागलुङ, नवलपुर, बाँके, जुम्ला, धनुषा, कपिलवस्तु, महोत्तरी, नवलपरासी, नुवाकोट, रौतहट, सर्लाही, सिराहा, म्याग्दी लगायतका जिल्लाहरुबाट सो संख्या थप भएको बताए ।

यो संगै कुल संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ ।

संक्रमित जिल्ला पनि बढेर ७२ पुगेको छ । आज इलाम जिल्ला थपिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *