स्वास्थ्य मन्त्रालयको महाशाखा प्रमुखको जिम्मेवारी हेरफेर, प्रवक्ताको जिम्मेवारी डा. गौतमलाई

काठमाडौँ, २५ जेठ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो महाशाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले स्वास्थ्य समन्वय महाशाखाको जिम्मेवारी डा जागेश्वर गौतमलाई दिएका छन् ।

यो संगै डा गौतमले मन्त्रालयको प्रवक्ताको जिम्मेवारी समेत पाएका छन् ।

यसअघि सो महाशाखाको प्रमुख एवं प्रवक्ताको जिम्मेवारी सम्हालेका डा विकास देवकोटालाई गुणस्तर मापन तथा नियमन महाशाखाको जिम्मेवारी दिइएको छ ।

प्रवक्ताको जिम्मेवारी पाएका गौतम यसअघि थापाथलीस्थित प्रसूतिगृह अस्पतालका निर्देशक थिए । उनलाई गत विहीबार सरुवा गरी मन्त्रालय ल्याइएको थियो ।

यता गुणस्तर मापन तथा नियमन महाशाखामाको जिम्मेवारी डा दीपेन्द्ररमण सिंहले सम्हाल्दै आएका थिए । तर उनी १२ फागुनमा बाह्रौँ तहमा बढुवा भएपछि सो महाशाखा प्रमुख विहीन थियो ।

स्वास्थ्य मन्त्री ढकालले डा सिंहलाई स्वास्थ्य सेवा विभागको महानिर्देशक पदको जिम्मेवारी दिएका छन् । यसअघि विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठलाई मन्त्रालय तानिएको छ । अहिले उनलाई मन्त्रालयको तर्फबाट कोभिड—१९ क्राइसीस म्यानेजमेण्ट सेन्टर( सीसीएमसी) हेर्ने जिम्मेवारी दिइएको छ ।

गतविहीबार श्रेष्ठसंगै मन्त्रालय सरुवा भएका व्यवस्थापन महाशाखा प्रमुख भोगेन्द्र डोटेललाई भने अहिलेसम्म कुनै जिम्मेवारी दिइएको छैन् । उनको ठाउँमा राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रका निर्देशक डा. रमेश खरेललाई लगिएको छ । डा खरेललले भने जिम्मेवारी सम्हालीसकेका छन् ।

यता प्रसूतिगृह अस्पतालको निर्देशकको जिम्मेवारी भने डा संगिता कौशलले पाएकी छन् । उनी यसअघि कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेन्डेन्ट थिइन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *