कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया गरी सुत्केरी

160
Shares

काठमाडौँ, २३ जेठ । कोरोना भाइरस (कोभिड – १९)को संक्रमणमा परेकी एक गर्भवती शल्यक्रिया (सीएस) गरी सुत्केरी भएकी छन् । चाँगुनारायण नगरपालिका – ३ झौखेल निवासी ३० बर्षीया गर्भवतीलाई पाटन अस्पतालमा त्यहाँका चिकित्सकहरुले सीएस गरी सुत्केरी गराएका हुन् ।

नेपालकै इतिहासमा कोरोना संक्रमणको अवस्थामा शल्यक्रिया गरी सुत्केरी भएको यो पहिलो पटक हो ।

सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा नियमित परीक्षण गराईरहेकी ती गर्भवतीलाई गत मंगलबार कोरोना संक्रमण भएको पुष्टि भएको थियो । त्यसपछि उनलाई पाटन अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो ।

‘आज उनको सिजरियन सेक्सन (सीएस) गरेर बच्चा जन्माइएको छ । संक्रमित महिलाको सीएस गरेर सुत्केरी गराईएको सम्भवत नेपालमै पहिलो पटक हो,’ अस्पतालका निर्देशक प्राडा विष्णु शर्माले भने ।

उनले शल्यक्रियापछि शिशु र आमालाई छुट्टा छुट्टै राखिएको जानकारी दिए । डा शर्माले आमा र शिशु दुबैको अवस्था सामान्य भएको समेत जानकारी दिए ।

पाटन अस्पतालमा यसअघि खुट्टा भाच्चिएको एक संक्रमित युवकको पनि शल्यक्रिया गरी उपचार भएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *