पाल्पामा तीन दिन अघि मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टी, कुल मृतकको संख्या १० पुग्यो

काठमाडौँ, २२ जेठ । तीन दिन अघि पाल्पाको  मिसन अस्पतालको आइसोलेशन कक्षमा मृत्यु भएका पुरुषमा कोरोना भाइरस (कोभिड – १९) संक्रमण पोजेटिभ देखिएको छ । पूर्वखोला गाँउपालिका १ सिलुवाका ४५ बर्षीय पुरुषको तीन दिन अघि मृत्यु भएको थियो ।

पूर्वखोला -२ जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित मिसन अस्पताल पुरयाइएको थियो । त्यहाँ उनको मृत्यु भएको थियो । मृत्युपछि उनको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

पाल्पामा मृत्यु भएका पुरुषको केही बेर अघि रिपोर्ट आयो कोभिड १९ पोजेटिभ छ । प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्र गिरीले भने ।
रिपोर्ट नआउँदासम्म उनको सब व्यवस्थापन भएको थिएन । अव भने कोभिड १९को शब व्यवस्थापन मापदण्ड अनुसार उनको सब व्यवस्थापन गर्नुपर्ने छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा आज पाल्पाको मृतक एक सहित अर्घाखाँचीको १, नवलपरासीको २ र रुपन्देहीको १८ सहित २२ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *