प्रसूति अस्पतालमा भर्ना भएकी गर्भवतीमा कोरोना संक्रमण

काठमाडौँ, २० जेठ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा उपचाररत एक गभवतीलाई कोरोना भाइरस (कोभिड १९को संक्रमण देखिएको छ । अस्पतालका निर्देशक डा जागेश्वर गौतमका अनुसार ३८ हप्ते गर्भवतीलाई कोरोना संक्रमण भएको हो ।

धादिङ स्थायी ठेगाना भएकी ती महिला २२ बर्षकी छन् ।

डा गौतमले ती गर्भवती ज्वरो आएका कारण ६ दिन अस्पतालमा आएर भर्ना भएको बताए । ‘ उनको परीक्षणको क्रममा पिसावमा संक्रमण देखिएको थियो । स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गर्न खोज्दा गर्भवतीले घाँटी पनि दुख्न थालेको बताएपछि कोरोनाको शंकामा पीसीआर परीक्षण गरिएको थियो आज संक्रमण पुष्टि भयो,’ उनले भने ।

उनले गर्भवतीको अवस्था सामान्य भएको र व्यथा समेत नलागेकोले अहिले उनको कोरोना अस्पतालमा पठाउने कि भन्ने सल्लाह भइरहेको बताए । उनले सुत्केरी हुने बेलामा फेरी अस्पताल ल्याएर सुत्केरी गराउन भने आफूहरु तयार नै रहेको उनले प्रष्ट पारे ।

अहिले अस्पतालमा गर्भवतीको प्राइमरी कन्टयाक्टमा रहेका चिकित्सक नर्स सहित अन्यको कन्ट्याक्ट ट्रेसिङको काम शुरु गरेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *