बलिउडका चर्चित संगितकार बाजिद खानको निधन

0
Shares

एजेन्सी


मुम्बई, १९ जेठ । बलिउडका चर्चित संगितकार वाजिद खानको निधन भएको छ । मुम्बईको एक अस्पतालमा उपचारका क्रममा गएराती उनको निधन भएको हो । ४२ बर्षका उनी पछिल्लो समय मिर्गौलाबाट पिडीत थिए ।

केही महिना अघि उनको मिर्गौला प्रत्यारोपण समेत गरिएको थियो । तर त्यो सफल हुन सकेन । केही दिन अघि उनको परीक्षण गर्दा कोरोना संक्रमण समेत देखिएको थियो ।

रोगप्रतिरोधात्मक क्षमता अत्यन्त कमजोर भएको अवस्थामा कोरोना संक्रमण देखिएपछि उनको अवस्था आइतबार साँझदेखि थप विग्रिएको थियो । चिकित्सकहरुले आइतबार राती नै उनलाई मृत घोषित गरेका थिए ।

बलिउडमा साजिद–वाजिदको जोडी सर्वाधिक चर्चित मानिछ ।

साजिद–वाजिद बलिउड नायक सलमान खानको मनपर्ने संगीतकार हुन् । इदको अवसरमा सलमानले सार्वजनिक गरेको ‘भाई भाई’ बोलको गीतमा साजिद–वाजिदको संगीत थियो ।

सन् १९९८ मा सलमान अभिनित चलचित्र ‘प्यार किया तो डरना क्या’बाट वाजिदले बलिउडमा संगीतको काम सुरु गरेका थिए । यसका साथै उनले ‘दबंग ३’को सबै गीतमा संगीत भरेका थिए ।

उनले ‘मेरा ही जलवा, सोनी दे नखरे, माआअल्लाह, डू यु वन्ना पार्टनर’ लगायतका हिट गीतमा संगीत भरेका छन् । उनले सन् २०११ म ‘फिल्मफेयर अवार्ड’मा उत्कृष्ट संगीतकारको अवार्ड पनि प्राप्त गरेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *