कोरोना संक्रमणबाट थप एकको मृत्यु, कुल संख्या ७ पुग्यो

काठमाडौँ, १७ जेठ । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । दैलेखको दुल्लु नगरपालिका वडा नं ७ पटांगिनीबजारस्थित नेपाल विद्युत प्राधिकरण भवनको क्वारेन्टाइनमा आज विहान मृत्यु भएका एक जना युवकको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो ।

मृत्यु हुनेमा दुल्लु नगरपालिका वडा नं ११ खागितडा दैलेखका ३५ बर्षिय पुरुष रहेका रहेका छन् ।

उनी आज विहान क्वारेन्टाइनमा एक्कासी ढलेको र केही समयमै उनको मृत्यु भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज पौडेलले बताए । उनले मृत्यु भइसकेपछि उनको श्वाव संकलन गरी जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षणका लागि पठाएको र नतिजामा कोरोना पोजेटिभ आएको उल्लेख गरे ।

यो मृत्युसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *