एकै दिन १८९ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या १४०१


काठमाडौँ, १७ जेठ । कोभिड– १९ को सङ्क्रमण आज एकै दिन १८९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १८९ जनामा सङ्क्रमण देखिएको बताए । ती सङ्क्रमितमध्ये पुरुष १८५ र महिला चार रहेका छन् ।

आज देखिएको सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै धेरै हो । शुक्रबार पनि १७० जनामा सङ्क्रमण देखिएको थियो । आज देखिएका सङ्क्रमितसँगै कूल एक हजार ४०१ जनामा सङ्क्रमण देखिएको छ । नयाँ सङ्क्रमितमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १२४ जनामा संक्रमण देखिएको छ । धनुषाका सात जना २० वर्षदेखि ४४ वर्षका रहेका छन् । झापाका ४५ वर्र्षीय एक पुरुष र कपिलवस्तुका १६ वर्षदेखि ६० वर्षका ७७ जनामा सङ्क्रमण देखिएको छ ।

ललितपुरका एक २३ वर्षीया महिला छन् । महोत्तरीका चार २५ देखि ५५ वर्षका पुरुष रहेका छन् । रौतहटका छ जना १८ वर्षदेखि ४५ वर्षका पुरुष रहेका छन् । सर्लाहीका १७ जना १६ वर्षदेखि ४० वर्षका पुरुष र सिराहाका ११ जना १७ वर्षदेखि ४० वर्षका पुरुष रहेका छन् ।

यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा २९ जनामा सङ्क्रमण देखिएको छ । कपिलवस्तु यशोधराका २९ जना १५ देखि ५० जना पुरुष रहेका छन् । यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा नौ जनामा सङ्क्रमण देखिएको छ । सप्तरीका १८ देखि २८ वर्षका एक महिलासहित रहेका छन् ।

यस्तै दाङस्थित राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा आठ जनामा सङ्क्रमण देखिएको छ । ती कपिलवस्तु विजयनगरका तीन जना २६ वर्षदेखि ५२ वर्ष उमेरका पुरुष रहेका छन् । दाङ हापुरेका एक जना ३० वर्षीय पुरुष रहेका छन् । बङ्गलाचुली दाङकै चार जनामा २७ देखि ३८ वर्षका तीन पुरुष र एक २८ वर्षीया महिला छन् ।

नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा तीन जनामा सङ्क्रमण देखिएको छ । बारा हर्दियाका एक २४ वर्षीय पुरुष, पर्सा पसौनीका १८ वर्षीय पुरुष र ६० वर्षीया महिला रहेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १४ जनामा सङ्क्रमण देखिएको छ । ती सबै दैलेखका १७ देखि ५० वर्ष उमेर समूहका पुरुष रहेका छन् ।

यस्तै कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा दुई जनामा सङ्क्रमण देखिएको छ । सङ्खुवासभा खाँदबारीका २३ वर्षीय पुरुष र सङ्खुवासभाकै पाँचखपनका २२ वर्षीय पुरुष रहेका छन् । सङ्क्रमितमध्ये एक हजार २८८ पुरुष र ११३ जना महिला रहेका छन् । आज सङ्खुवासभामा देखिएसँगै सङ्क्रमित जिल्ला ५३ पुगेका उनले जानकारी दिए ।

१३ जना डिस्चार्ज

यस्तै आज १३ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म २१९ जना निको भएर घर फर्किएका छन् । अहिलेसम्म पिसिआर ६६ हजार ७२ जना र एक लाख सात हजार ५५ जनाको परीक्षण गरिएको छ । सङ्क्रमति बढेसँगै विभिन्न ठाउँमा परीक्षणको दायरा बढाउनका लागि किट पठाइएको छ । मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार आजै ७७ हजार चार ४०० आरडिटी र छ हजार थान भिटिएम पठाइएको छ ।

प्रदेश नंं १ मा चार हजार २००, प्रदेश नंं २ मा १२ हजार २००, प्रदेश नंं ५ मा २५ हजार, कर्णाली प्रदेशमा १२ हजार र सुदूरपश्चिम प्रदेशमा २४ हजार आरडिटी किट पठाइएको छ । यस्तै विभिन्न प्रदेशमा भिटिएम पठाइएको छ । प्रदेश नं २ मा एक हजार थान, प्रदेश नं ५ मा दुई हजार, कर्णाली प्रदेशमा एक हजार र सुदूरपश्चिम प्रदेशमा दुई हजार थान पठाइएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *