प्रदेश नं २ का आठ जिल्लामा थपिए ५८ जना कोरोना संक्रमित

0
Shares

काठमाडौँ, १७ जेठ । प्रदेश नं २ का आठ जिल्ला र प्रदेश नं १ को झापामा गरी थप ५८ जनामा कोरोना संक्रमण देखिएको छ । शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ महिला र ५६ पुरुष सहित ५८ जनामा कोरोना संक्रमण देखिएको हो ।

नयाँ संक्रमितहरुमा प्रदेश नं १ को झापामा एक जना पुरुष, प्रदेश नं २ को धनुषामा ७ जना पुरुष, महोत्तरीमा ४ जना पुरुष, सिराहामा ११ जना पुरुषमा संक्रमण देखिएको छ । यस्तै रौतहटमा ४ जना पुरुष, सर्लाहीमा १७ जना पुरुष, बारामा १ जना पुरुष, पर्सामा १ जना महिला र एक जना पुरुष गरी २ र सप्तरीमा ८ जना पुरुष र १ जना महिला गरी ९ जनामा संक्रमण देखिएको हो ।

खासगरी भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण गर्दा अहिले बढेको पाइएको छ । सरकारले पछिल्लो समय क्वारेन्टाइनमा बस्नेहरुको स्वाब लिएर परीक्षण गर्ने कार्यलाई तिब्रता दिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *