प्रदेश नं २ का आठ जिल्लामा थपिए ५८ जना कोरोना संक्रमित

काठमाडौँ, १७ जेठ । प्रदेश नं २ का आठ जिल्ला र प्रदेश नं १ को झापामा गरी थप ५८ जनामा कोरोना संक्रमण देखिएको छ । शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ महिला र ५६ पुरुष सहित ५८ जनामा कोरोना संक्रमण देखिएको हो ।

नयाँ संक्रमितहरुमा प्रदेश नं १ को झापामा एक जना पुरुष, प्रदेश नं २ को धनुषामा ७ जना पुरुष, महोत्तरीमा ४ जना पुरुष, सिराहामा ११ जना पुरुषमा संक्रमण देखिएको छ । यस्तै रौतहटमा ४ जना पुरुष, सर्लाहीमा १७ जना पुरुष, बारामा १ जना पुरुष, पर्सामा १ जना महिला र एक जना पुरुष गरी २ र सप्तरीमा ८ जना पुरुष र १ जना महिला गरी ९ जनामा संक्रमण देखिएको हो ।

खासगरी भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण गर्दा अहिले बढेको पाइएको छ । सरकारले पछिल्लो समय क्वारेन्टाइनमा बस्नेहरुको स्वाब लिएर परीक्षण गर्ने कार्यलाई तिब्रता दिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *