स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिव फेरिए, नयाँ स्वास्थ्य सचिव लक्ष्मण अर्याल

4
Share
लक्ष्मण अर्याल

काठमाडौँ, १५ जेठ । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव परिवर्तन गरेको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार गत मन्त्रिपरिषदको बैठकले नयाँ स्वास्थ्य सचिवको रुपमा लक्ष्मण अर्याललाई पठाउने निर्णय गरेको छ ।

अर्याल प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आर्थिक तथा पूर्वाधार विकास सचिवको रुपमा कार्यरत थिए ।

मन्त्रिपरिषदले हालका स्वास्थ्य सचिव यादव कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेर उनको ठाँउमा अर्याललाई ल्याउने निर्णय गरेको हो ।

सचिव कोइरालाले स्वास्थ्य सम्हालेको तीन महिना पुगिसकेको छैन् । गत १८ फागुनमा बसेको मन्त्रिपरिषदको बैठकले कोइरालालाई स्वास्थ्यको जिम्मेवारी दिएको थियो ।

तर कोरोना महामारीविरुद्ध उनको भूमिका सन्तोषजनक देखिएको थिएन । खरो स्वभावका कोइराला स्वास्थ्यमा आएपछि भने एक पछि अर्को विवादमा तानिए ।

यसले कोरोना नियन्त्रणमा स्वास्थ्यले गरेको प्रयास समेत ओझेले परेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *