स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिव फेरिए, नयाँ स्वास्थ्य सचिव लक्ष्मण अर्याल

लक्ष्मण अर्याल

काठमाडौँ, १५ जेठ । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव परिवर्तन गरेको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार गत मन्त्रिपरिषदको बैठकले नयाँ स्वास्थ्य सचिवको रुपमा लक्ष्मण अर्याललाई पठाउने निर्णय गरेको छ ।

अर्याल प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आर्थिक तथा पूर्वाधार विकास सचिवको रुपमा कार्यरत थिए ।

मन्त्रिपरिषदले हालका स्वास्थ्य सचिव यादव कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेर उनको ठाँउमा अर्याललाई ल्याउने निर्णय गरेको हो ।

सचिव कोइरालाले स्वास्थ्य सम्हालेको तीन महिना पुगिसकेको छैन् । गत १८ फागुनमा बसेको मन्त्रिपरिषदको बैठकले कोइरालालाई स्वास्थ्यको जिम्मेवारी दिएको थियो ।

तर कोरोना महामारीविरुद्ध उनको भूमिका सन्तोषजनक देखिएको थिएन । खरो स्वभावका कोइराला स्वास्थ्यमा आएपछि भने एक पछि अर्को विवादमा तानिए ।

यसले कोरोना नियन्त्रणमा स्वास्थ्यले गरेको प्रयास समेत ओझेले परेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *