दिनहुँ ‘रेकर्ड ब्रेक’ गर्न थाल्यो कोरोना संक्रमितको संख्याले

काठमाडौँ, १४ जेठ । सन् २०१९ को अन्तिम दिन चीनको वुहान शहरमा पहिलो पटक देखिएको नोवेल कोरोना भाइरस (कोभिड – १९) नेपालमा दुई साता पछि नै देखिएको थियो । तर रिपोर्ट आएर पुष्टि हुँदा तीन साता वितिसकेको थियो ।

तर,  ९ माघमा कोरोनाको पहिलो संक्रमित देखिएपछि दोस्रो संक्रमित थपिन दुई महिना लाग्यो । तर पछिल्लो तीन दिनको संख्या हेर्ने हो भने झण्डै तीन सयको हाराहारीमा पुगेको छ । संख्याको मात्रै होइन । हरेक दिन बढी संक्रमण संख्या अघिल्लो दिन भन्दा बढी भएर एक पछि अर्को रेकर्ड तोड्दै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तीन दिनको तथ्यांक हेर्ने हो भने गत सोमबार एकैदिन ७९ जनामा नयाँ संक्रमण भएको थियो । मंगलबार नयाँ संक्रमितको संख्या ९० पुग्यो । बुधबार अपरान्हसम्म सो संख्या बढेर ११४ पुगेको छ । पछिल्लो तीन दिनको संख्या गणना गर्दा कुल संक्रमितको संख्या २८३ पुगेको छ ।

पछिल्लो समय देखिएका संक्रमितहरु अधिकाशं भारतबाट आएका हुन् । तिनै सारेका कपितय स्वदेशमै रहेकामा समेत संक्रमण देखिएको छ । भारतले विविन्न शहरबाट विना परीक्षण ल्याई सिमा नाकामा छाडिदिन थालेपछि उनीहरुलाई सामान्य आरडीटी परीक्षण गर्दै स्वदेश छिर्ने व्ष्वस्था मिलाइएको छ । अहिले संक्रमण देखिएका त्यसैगरी भारतबाट आएकाहरु हुन् ।

भारतबाट स्वदेश फर्कने नेपालीको संख्या बढेसंगै परीक्षणले समेत तिब्रता पाएको छ । तर विभिन्न स्थानमा बनाइएका क्वारेन्टाइनको अवस्था भने दयनीय हुन थालेको छ । कतिपय स्थानमा क्वारेन्टिनको न्युनतम मापदण्ड समेत नभएको बताइएको छ ।

मन्त्रालयले कोरोनाबाट अहिलेसम्म ४ जनाको ज्यान गएको पुष्टि गरेको छ । कोरोना जितेर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १८३ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *