बागलुङमा थप ६ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ७८५ पुग्यो

बागलुङ, १४ जेठ । बागलुङका विभिन्न क्वारेन्टिनमा बसेका ६ जनामा कोरोना भाइरस(कोभिड – १९) संक्रमण देखिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोरोना प्रयोगशालामा परीक्षण गर्दा थप ६ जनामा संक्रमण देखिएको हो ।

नयाँ संक्रमितहरुमा जिल्लाको बढीगाड गाँउपालिका ठेगाना भई सोही गाँउपालिकाको क्वारेन्टिनमा बसेका १९ र २० बर्षका दुई जना पुरुष तथा तमनखोला गाँउपालिका ठेगाना भई सोह िगाँउपालिकामा रहेका बर्ष २१, २७, २७ र २१ जनाका ४ जना पुरुषहरु रहेका छन् ।

उनीहरु गत ९ जेठमा भारतबाट आएको बताइएको छ । यद्धपी उनीहरुको यात्राविवरण लिने कार्य भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले भने ।

डा शर्माले संक्रमित सबैलाई सदरमुकाममा रहेको धौलागिरी अस्पतालमा ल्याउने तयारी भइरहेको बताए ।

यसअघि बागलुङमा बेल्जियमबाट आएका दुई जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरु निको भई घर फर्किसकेका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *