नारायणी अस्पतालमा भर्ना भएका ४३ जना संक्रमित कोरोनामुक्त, अस्पताल खाली हुँदै

0
Shares

काठमाडौँ, १२ जेठ । कोरोना भाइरस (कोभिड – १९)को संक्रमणमा परी वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराईरहेका ४३ जना आज डिस्चार्ज हुने भएका छन् । पछिल्ला दुईवटा रिपोर्ट नेगेटिभ भएपछि उनीहरुलाई कोरोना मुक्त भन्दै डिस्चार्ज गर्न लागिएको अस्पतालका मेसु डा मदनकुमार उपाध्यायले बताए ।

यसअघि नारायणीबाट आइतबार मात्रै १८ जना डिस्चार्ज भएका थिए ।

डा उपाध्यायले पछिल्लो पटक ३० बैशाख र त्यसभन्दा अघिका विभिन्न मितिमा भर्ना भएका संक्रमितहरु कोरोनामुक्त भएको स्पष्ट पारे । आज ४३ जना कोरोनामुक्त हुँदा नारायणी अस्पतालको आइसोलेसन पनि खाली हुने उनले बताए ।

त्यस क्षेत्रका बाँकी बिरामी अहिले सोही अस्पतालले सञ्चालमा ल्याएको कोरोना विशेष अस्पताल (गण्डक अस्पताल)मा रहेका छन् । सो अस्पतालमा अहिले २७ जना बिरामी छन् ।

नारायणीको पछिल्लो विवरण सहित कोरोना जितेर घर फर्कनेको संख्या १५५ पुग्नेछ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *