थप ७ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ६८२ पुग्यो

0
Shares

काठमाडौ, १२ जेठ । नेपालमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेटमा प्रवक्ता डा विकास देवकोटाले अछाम, बर्दिया र बारामा गरी ७ जनामा संक्रमण देखिएको बताए ।

उनका अनुसार नयाँ संक्रमितहरुमा सेती अस्पतालमा परीक्षण गर्दा अछाम अस्पतालमा उपचाररत ३२ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

यस्तै भेरी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा बर्दिया गुलरिया १० र २ का क्रमश २२ र २४ बर्षका पुरुष र १८ बर्षका महिलामा कोरोना संक्रमण देखिएको छ ।

यता नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा जोराभवानीपुर गाँउपालिकाका २८ बर्षका पुरुष र कलैयाका ३४ बर्षका पुरुषमा संक्रमण देखिएको हो । यस्तै गत ४ जेठमा नेशनल मेडिकल कलेजमा मृत्यु भएका बारा कलैयाँका ७० बर्षिय पुरुषमा पनि कोरोना संक्रमण भएको बताए । यो संगै देशभर कुल संक्रमितको संख्या ६८२ पुगेको छ ।

आजै पाटन अस्पताल, टेकु अस्पताल, नारायणी अस्पताल तथा कपिलवस्तु अस्पतालबाट गरी २४ जना डिस्चार्ज भएका छन् । यो संगै कुल डिस्चार्ज हुनेको संख्या १११ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *