कोरोना सर्तकता : दाँतका बिरामीले उपचार गर्न जाँदा अपनाउनु पर्ने १० साबधनीहरु

– डा. संजय प्रसाद गुप्ता, अर्थोडोन्टिक विशेषज्ञ

कोरोना भाईरस (कोभिड- १९) बिश्वव्यापी महामारीको रुपमा फैलिरहेको छ । अहिले सम्म यसबाट विश्व भरिमा ५४ लाख भन्दा बढी व्यक्ति संक्रमित भएका छन् । तीन लाख ४३ हजार बढी मानिसको मृत्यु भइसकेको छ ।

यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ । विशेषगरी संक्रमित व्यक्तिले खोक्दा वा हाछ्यु गर्दा निस्किने स साना ठोस तथा तरल कणहरुबाट प्रत्यक्ष रुपमा वा अप्रत्यक्ष्य रुपमा संक्रमित बस्तुबाट जो संक्रमित व्यक्तिको सम्पर्कमा आएको हुन्छ, त्यसबाट पनि सर्न सक्छ ।

स साना समस्या लिएर अस्पताल गएमा आफु र अरुलाई पनि कोरोना संक्रमणको जोखिम बढी हुन्छ । तसर्थ दाँतका बिरामीले यो महामारीको समयमा बिशेष साबधानी अपनाउँदा आफु र अरुमा देखिन सक्ने जोखिम कम गर्न सकिन्छ ।

दाँतका बिरामीले अपनाउनु पर्ने १० साबधनीहरु

१. सम्पर्क गर्ने : दन्त अस्पताल वा क्लिनिकमा जानु अगावै फोन वा अरु कुनै अनलाइनको माध्यमबाट आफ्नो समस्या को बारेमा जानकारी गराउने र सोही अनुसार दन्तचिकित्सकले तपाईंको समस्याको जटिलताको आधारमा उपचार तुरुन्त गराउनु पर्ने वा केही समय पछी गर्न मिल्ने कुराको जानकारी गराउनु हुन्छ । एपोइन्ट्मेन्ट लिनु अघि आफूलाई केही समय अघी ज्वरो वा खोकी भए नभएको त्यस्को साथै कुनै दिर्घकालिन रोग छ भने त्यस्को जानकारी गराउने।

२. उपचारको लागि निश्चित समय (एपोइन्ट्मेन्ट) लिने ।

३. उपचारको लागि जानु अघि घरबाटै हात साबुन पानीले राम्ररी धुने अनि मास्क लगाएर जाने ।

४. उपचारको लागि अस्पताल वा क्लिनिक जाँदा साथीको रुपमा आफ्नो आमा, बुवा, दिदी , दाई , साथी आदिलाई संक्रमणको जोखिम हुनसक्ने भएकोले सकेसम्म उहाँहरु वा कसैलाई पनि साथी लिएर नजाने ।

५. यदी आफु समय अघि नै पुगेको अवस्थामा आफ्नो साधन वा दन्त अस्पताल वा क्लिनिकको बहिरै आफ्नो पालोको लागि कुर्ने ।

६. अस्पताल वा क्लिनिकको सहयोगीको अनुमति पछि मात्रै भित्र छिर्ने र मास्क फुकाल्ने ।

७. अस्पताल वा क्लिनिकको सहयोगीले इन्फ्रारेड थेर्मोमिटरको मद्दतले शरीरलाई नछोइकन ज्वरो नाप्छन् र हातमा केही थोपा स्यनिटैजेर राखी दिएपछि त्यसलाई २० सेकेन्ड्स सम्म हातमा राम्ररी लगाउने र खुट्टामा ‘डिसिन्फेक्टन्त स्प्रे’ पश्चात सल्लाह अनुसार जुत्ता कभर लगाउने ।

८. वेटिङ् कोठामा बसेको बेला जथाभाभी नछुने र सबैसँग कम्तिमा एक मिटरको दुरी बनाइ राख्ने साथै सल्लाह अनुसार त्यहाँ भएको कोभिड कन्सेन्ट फर्म भर्ने ।

९.  डेण्टल चेयरमा बस्नु अघी साबुन पानीले राम्ररी हाथ धुने र हेड कभर लगाउने साथै उपचार अघी कुल्ला गर्ने औषधी (०.२ प्रतिशत,  पोभिडिन आयोडिन वा १ प्रतिशत हैड्रोजेन पेरोक्साइड ) को प्रयोग गरी राम्ररी कुल्ला गर्ने ।

१०. संक्रमणको जोखिम कम गर्न पैसा तिर्न अनलाइन माध्यमको प्रयोग गर्ने ।

# अर्थोडोन्टिक विशेषज्ञ डा. गुप्ता त्रिवि दन्त चिकित्सा शिक्षण अस्पतालमा उप प्राध्यापकको रुपमा कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *