‘कन्ट्याक्ट ट्रेसिङ’मा खटिएका एक जना डाक्टरमा कोरोना संक्रमण

काठमाडौँ, ६ जेठ । कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा खटिएका एक जना चिकित्सकलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत ललितपुर निवासी एक जना चिकित्सकमा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठले कोरोना नियन्त्रणमा अग्रपंक्तिमा खटिएका एक जना चिकित्सकलाई संक्रमण भएको बताए । उनले संक्रमित डाक्टर पछिल्लो पटक कपिलवस्तु देखिएको संक्रमणपछि कन्ट्याक्ट ट्रेसिङमा खटिएको बताए ।

‘उहाँ लामो समय देखि फ्रन्टलाइनमा काम गरिराख्नु भएको छ । पछिल्लो समय उहाँ कपिलवस्तुमा गएर कन्ट्याक्ट ट्रेसिङमा लाग्नु भएको थियो,’ महानिर्देशक श्रेष्ठले भने ।

देशभर ४०२ जनाको संक्रमण हुँदा आज मात्रै २७ जनामा संक्रमण भएको बताइएको छ । त्यसमध्ये उपत्यकाका ५ जनामा संक्रमण भएको पाइएको छ । त्यसैमध्येका एक चिकित्सक भएको बुझिएको छ ।

यसअघि देशका विभिन्न अस्पतालमा कार्यरत ३ जना नर्समा कोरोना पोजेटिभ पाइएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *