थप १८ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ३७५ पुग्यो

काठमाडौँ, ५ जेठ ।थप १८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न भागमा रहेका प्रयोगशालामा परीक्षण भएका नमुनाहरुको नतिजा राती सवा १० बजे सार्वजनिक गर्दै यो जानकारी दिएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल र कोशी अस्पतालका प्रयोगशालामा गरिएको परीक्षणमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरुमा धनुषा निवासी २ जना पुरुष, खोटाङ निवासी १ जना पुरुष, सुनसरी निवासी १ जना पुरुष,बाँके नरैनापुर निवासी १२ जना पुरुषहरु र दैलेख आठविसकोट निवासी १ जना पुरुष, झापा निवासी १ जना पुरुष रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

यो संगै आज मात्रै नयाँ संक्रमितको संख्या ८० पुगेको छ । कुल संक्रमितको संख्या ३७५ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *