छ जना चिकित्सकलाई अनुसन्धान परिषद्को प्रश्न : तपाईँहरुलाई किन कारवाही नगर्ने ?

काठमाडौँ, २ जेठ । नेपाल स्वास्थ्य अुनसन्धान परिषदले आफूसंग स्वीकृति नलिईकन अनुसन्धान कार्य गरी बैज्ञानिक लेख समेत प्रकाशित गरेको भन्दै छ जना चिकित्सकलाई स्पष्टीकरण सोधेको छ ।

उसले स्वीकृत नलिई अनुसन्धानमुलक लेख प्रकाशित गरेवापत तपाईँहरुलाई कारवाही किन नगर्ने ? भन्दै मनासिव कारण भए सात दिन भित्र जवाफ पेश गर्न भनेको छ ।

स्पष्टीकरण सोधिएका चिकित्सकहरुमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा रुना झा र डा रन्जित साह, शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक (हाल इडीसीडीका निर्देशक) डा बासुदेव पाण्डे र शुक्रराज अस्पतालका डा अनुप बास्तोला, इडिसिडीका तत्कालिन निर्देशक(हाल सार्क क्षयरोग केन्द्र)का निर्देशक डा विवेककुमार लाल, इडिसिडीकै डा हेमन्तचन्द्र ओझा रहेका छन् ।

सरकार र सम्वद्ध निकायलाई थाहै नदिई कोरोना संक्रमित पहिलो नेपाली युवाको भाइरस (जेनेटिक) विदेशी टोलीलाई समेत सम्लग्न गरी अनुसन्धान गर्न दिइको आरोप छ ।

पहिलो संक्रमित युवाको कोरोना भाइरस परीक्षणका लागि हंङकङ पठाइएको थियो । त्यहिबाट सुटुक्क भाइरस अनुसन्धानका लागि बाहिर पठाइएको हो ।

एक अमेरिकी संस्था सोसाइटी फर माइक्रो बायोलोजी जर्नलमा प्रकाशित अनुसन्धान लेखमा ६ नेपाली सहित ९ जना सहभागी भएको विवरण आएको थियो । त्यसपछि मन्त्रालयको निर्देशनमा परिषदले कारवाही प्रक्रिया अघि बढाएको हो ।

संयोग कस्तो छ भने स्पष्टीकरण सोधिएका छ जना चिकित्सक नै अहिले नेपालमा बढ्दो क्रममा रहेको कोरोना भाइरसको महामारीविरुद्ध फ्रन्टलाइनमै खटिएर काम गरिरहेकाहरु छन् ।

यस्तो छ पत्र :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *