कोरोना संक्रमण : आज पाँच जना थपिएको होइन, स्वास्थ्य मन्त्रालयले सच्यायो यसअघिको सूचना

काठमाडौँ, १ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहान जारी गरेको कोरोना संक्रमण सम्वन्धी सूचना सच्याएको छ । उसले दोस्रो पटक थपिएको भनेको ५ जना संक्रमित सम्वन्धी रिपोर्ट पुरानै संक्रमितको रहेको भन्दै कुल संक्रमितको संख्या २४५ नै रहेको उल्लेख गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विहीबार विहान तेस्रो पटक सूचना जारी गर्दै दोस्रो पटक उल्लेख गरिएको पाँच जना संक्रमित भन्ने सूचना प्राविधिक कारणले त्रुटि भएको बताएका छन् ।

n विहीबार विहान काठमाडौँ र कपिलवस्तुको २ जनामा कोरोना संक्रमण भएको सूचना उल्लेख थियो । त्यसको केही समय पछि मन्त्रालयले अर्को सूचना जारी गर्दै थप ५ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *