संक्रमित बालिका रहेको त्रिवि शिक्षण अस्पतालको न्युरो वार्डलाई सिल गर्ने तयारी
काठमाडौँ, १ जेठ । न्युरो वार्डमा रहेकी एक बालिकामा कोरोना संक्रमण देखिएपछि प्रहरीले सो वार्डलाई सिल गर्ने तयारी थालेको छ । संक्रमित बालिकालाई भने आइसोलेसन तर्फ सारिदैछ ।
अस्पताल स्रोतका अनुसार कपिलवस्तुबाट इएनटीको उपचार गर्न आएकी ६ बर्षीया बालिकालाई गत मंगलबार भर्ना गरिएको थियो । उनको कोरोना परीक्षणको रिपोर्ट भने आज विहान मात्रै आएको हो ।
त्रिवि शिक्षण अस्पतालले इएनटी विभाग रहेको भवनलाई कोरोनाको लागि आइसोलेसन वार्ड बनाएपछि ती बालिकालाई न्युरो सर्जरी उपचार गरिएको थियो ।
‘अन्य विभागको ओपिडी त बन्द गरिएको छैन् । तर सुरक्षा सर्तकता बढाइएको छ । न्युरो सर्जरी वार्डलाई सिल गर्ने तयारी भएको छ,’ अस्पतालमा रहेका एक जना चिकित्सकले बताए ।
उपचार गरेको एक साता पछि बालिकामा कोरोना संक्रमण भएको पत्ता लागेपछि उपचारमा सम्लग्न चिकित्सक तथा नर्सहरु आत्तिएका छन् ।
सम्पर्क इमेल : [email protected]