नारायणी अस्पतालमा कार्यरत नर्समा पनि कोरोना संक्रमण

काठमाडौँ, ३१ बैशाख । वीरगञ्जस्थित नाराणी अस्पतालमा कार्यरत एक जना नर्समा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।कोरोना संक्रमितहरुको उपचारमा खटिएकी नर्समा संक्रमण देखा परेको हो ।

अस्पतालका मेसु डा मदनकुमार उपाध्यायका अनुसार ३६ वर्षीय नर्सलाई कोरोना भाइरसको संक्रमण पुष्टि गरे । उनले संक्रमण देखिएको नर्सको अवस्था सामान्य भएको बताए । संक्रमित नर्समा हालसम्म कुनै पनि लक्षण पनि देखिएको छैन।

बुधबार बेलुका सार्वजनिक रिपोर्टमा पर्सा निवासी ३६ बर्षिया महिलामा पनि संक्रमण देखिएको भनिएको थियो । तिनै व्यक्ति नर्स हुन् ।
यसअघि कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत एक जना नर्समा पनि कोरोना संक्रमण देखिएको थियो ।

डा उपाध्यायले नारायणीमा अहिले ७० जना कोरोना भाइरस संक्रमितको उपचार भइरहेको जानकारी दिए । उनले उपचाररत सबैको अवस्था सामान्य रहेको बताइएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *