भक्तपुरका एक जना कोरोना संक्रमित नेकपा नेता भीम रावलको सुरक्षार्थ खटिने सशस्त्र प्रहरी

काठमाडौँ, ३१ बैशाख । भक्तपुरमा कोरोना संक्रमणमा परेका एक जना २७ बर्षीय पुरुष पूर्व गृहमन्त्री एवं नेकपा नेता भीम रावलको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी भएको खुलेको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका- १ दुवाकोटमा बस्दै आएका ती सशस्त्र प्रहरीका जवानमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो।

सशस्त्र प्रहरी बलको नीलबाराही गणमा कार्यरत उनलाई कोरोना पुष्टि भएपछि मंगलबा राति नै शुक्रराज ट्रपिकल तथा सरुवा रोगटेकु अस्पतालमा भर्ना गरिएको छ।

स्रोतका अनुसार रावलको घरमा सुरक्षार्थ तैनाथ उनी वैशाख २ गते त्यहाँबाट निस्किएका थिए। श्रीमती बिरामी भएपछि उपचारका लागि गएका उनलाई यसबीचमा कोरोना भएको हो।

उनी काठमाडौंबाट तराई गएर फर्किएको बताइएको छ। जिल्ला प्रशासनले दिएको पासबाट काठमाडौं छिरेपछि उनको स्वास्थ्य परीक्षण गरिएको थियो। त्यसपछि उनी दुवाकोटस्थित आफ्नै डेरामा बस्दै आएका थिए। उनको परिवारका अन्यको पनि अहिले कोरोना परीक्षणका लागि स्वाब लिइएको छ।

‘उनी वैशाख २ गते यहाँबाट निस्किएर गएका थिए। योबीचमा उनी केही अस्पतालमा पनि पुगेका थिए’ रावलका एकजना सहयोगीले भने, ‘उनी ड्युटीमा फर्किने भएपछि कोरोना परीक्षण गरिएको थियो। कोरोना पुष्टि भएपछि अहिले अस्पतालमा भर्ना गरिएको छ।’ उता नेता रावलको भने यसअघि संसद भवनमै कोरोना परीक्षण गरिएको थियो। जहाँ उनीसहित सबै सांसद र संसद सचिवालयका कर्मचारीको कोरोना नेगेटिभ आइसकेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *