आज कोरोना पुष्टि भएका कपिलवस्तुका ३ जना, अस्ति पुष्टि भएकै समूहका सदस्य

बुटवल, २७ बैशाख ।  आज पुष्टि भएका कपिलवस्तुका तीन जना कोरोना संक्रमित पुरुष गत शुक्रबार पोजेटिभ देखिएका २ जना पुरुषकै समूह भएको बताइएको छ । उनीहरु पाँच दिन अघि (२३ बैशाख मंगलवार राती) चोरबाटोबाट बोर्ड पार गरी नेपाल छिरेका थिए । उनीहरु मुम्बईबाट सामान ल्याउने कन्टेनरको सहायतमा लुकि लुकी बोर्डरसम्म आइपुगेका थिए ।

‘अस्तीका दुई र आजका तीन गरी पाँच जना पाँच दिन अघि नेपाल छिरेका एउटै समूहका व्यक्ति हुन् , प्रदेश नं ५ का स्वास्थ्य निर्देशक डा विनोदकुमार गिरीले भने । उनीहरु मायादेवी गाउँपालिकाको छत्रपाली तिर्थादेवी उच्च मावि पकडी स्थित क्वारेण्टाइनमा रहेका थिए ।

उनीहरुको राती आएको थाह पाउनासाथ अर्को दिन विहान गएर स्वाव लिइएको हो । त्यसदिन आएका पाँचै जनाको कोरोना पोजेटिभ पाइयो । डा गिरीले भने । उनले अहिले संक्रमित तीन जनालाई बुटवलस्थित कोरोना विशेष अस्पतालमा ल्याइदै गरिएको र उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी गरि नमूना संकलन गर्न टोलि परिचालन भइसकेको बताए ।

ती युवाहरु मायादेवी गाउँपालिका वडा नं. ८ हरिवंशापुर र चकारचौडाको बीच खेत बाटो हुँदै नेपाल प्रवेश गरेका थिए । नेपाल प्रवेश गरे पछि गाउँलेहरुको सहयोगमा घर नगाई बाटोमा खाना खुवाएर पकडी स्थित क्वारेन्टाईनमा पठाईएको वडा अध्यक्ष सर्फुदिन मुसालमानले वताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *