आज कोरोना पुष्टि भएका कपिलवस्तुका ३ जना, अस्ति पुष्टि भएकै समूहका सदस्य

428
Shares

बुटवल, २७ बैशाख ।  आज पुष्टि भएका कपिलवस्तुका तीन जना कोरोना संक्रमित पुरुष गत शुक्रबार पोजेटिभ देखिएका २ जना पुरुषकै समूह भएको बताइएको छ । उनीहरु पाँच दिन अघि (२३ बैशाख मंगलवार राती) चोरबाटोबाट बोर्ड पार गरी नेपाल छिरेका थिए । उनीहरु मुम्बईबाट सामान ल्याउने कन्टेनरको सहायतमा लुकि लुकी बोर्डरसम्म आइपुगेका थिए ।

‘अस्तीका दुई र आजका तीन गरी पाँच जना पाँच दिन अघि नेपाल छिरेका एउटै समूहका व्यक्ति हुन् , प्रदेश नं ५ का स्वास्थ्य निर्देशक डा विनोदकुमार गिरीले भने । उनीहरु मायादेवी गाउँपालिकाको छत्रपाली तिर्थादेवी उच्च मावि पकडी स्थित क्वारेण्टाइनमा रहेका थिए ।

उनीहरुको राती आएको थाह पाउनासाथ अर्को दिन विहान गएर स्वाव लिइएको हो । त्यसदिन आएका पाँचै जनाको कोरोना पोजेटिभ पाइयो । डा गिरीले भने । उनले अहिले संक्रमित तीन जनालाई बुटवलस्थित कोरोना विशेष अस्पतालमा ल्याइदै गरिएको र उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी गरि नमूना संकलन गर्न टोलि परिचालन भइसकेको बताए ।

ती युवाहरु मायादेवी गाउँपालिका वडा नं. ८ हरिवंशापुर र चकारचौडाको बीच खेत बाटो हुँदै नेपाल प्रवेश गरेका थिए । नेपाल प्रवेश गरे पछि गाउँलेहरुको सहयोगमा घर नगाई बाटोमा खाना खुवाएर पकडी स्थित क्वारेन्टाईनमा पठाईएको वडा अध्यक्ष सर्फुदिन मुसालमानले वताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *