पोखरामा दीर्घ रोगीलाई घरघरमै औषधि

पोखरा, २५ बैशाख । पोखरा महानगरपालिका–२० ले यहाँका दीर्घरोगीलाई निःशुल्क औषधि वितरण गर्दै आएको छ ।

सरकारले कोरोना सङ्क्रमण फैलन नदिन जारी बन्दाबन्दीको समयावधि लम्ब्याउँदै गएपछि आफ्नो वडाभित्रका नियमित औषधि सेवन गर्ने उच्च रक्तचाप, मधुमेह, मुटुरोग, मानसिक समस्या, दम तथा थाइराइडका समस्या भएकालाई घरघरमै औषधि पुर्‍याइएको हो ।

वडाध्यक्ष सिमबहादुर गुरुङले वडाभित्रका ४३० बिरामीको घरघरमा पुगेर औषधि वितरण गरिएको जानकारी दिए । उनका अनुसार स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेटमा केही बजेट थप गरी कूल रु दुई लाख ५० हजार खर्चेर उनीहरूलाई घरघरमा पुगी औषधि वितरण गरिएको हो ।

ग्रामीण बस्ती रहेको वडा नम्बर २० मा लकडाउनको समयमा सवारी साधन नचल्दा मानिसहरु हिडेर पोखरा आउन लामो समय लाग्ने भएपछि वडाले उनीहरुले भागेको समस्यालाई केही हदमा समाधान गर्ने उद्देश्य लिएर निशुल्क रुपमा एक महिनाको औषधी वितरण गरेको हो । ४४ दिन सम्म लकडाउन जारी रहदा केही ब्याक्तिहरुले विचमा पोखरा झरेर औषधी लगेको भएतापनि अधिकांशलाई भने त्यो सम्भव नभएको स्थानियहरु वताउछन ।

वडा अध्यक्ष गुरुङले वडाबासीले औषधी अभावमा पिडा भोग्न नपरोस भन्ने उद्देश्यले वडाले पछिल्लो समय दीर्घरोगीहरुलाई औषधी वितरण गरिरहँदा वडामा रहेको दीर्घरोगीहरु जो नियमित औषधी सेवन गर्छन उनीहरुको पहिचान र तथ्यांक समेत प्राप्त हुने भएकोले आगामी दिनमा दीर्घरोग ब्यवस्थापन सम्बन्धमा नीति तथा कार्यक्रमहरु निर्माण गर्न सहयोग पुग्ने  वताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *