कोरोना परीक्षण गर्ने नयाँ विधि अघि सार्दै स्वास्थ्य मन्त्रालय

काठमाडौँ, २४ बैशाख । सरकारले कोरोना भाइरस (कोभिड -१९) को संक्रमण बढ्दै जाँदा पीसीआर परीक्षण विधि पनि परिवर्तन गर्ने तयारी गरेको छ । नयाँ विधि भनेको डाइरेक्ट पीसीआर विधि हो । यो विधिबाट परीक्षण गर्दा एक्सट्रयाक्सन किट आवश्यक हुँदैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डा खेम कार्कीले डाइरेक्ट पीसीआर विधिको गाइडलाइन पास भइसकेको र प्रोटोकल प्रमाणितको चरणमा रहेको भन्दै एक दुई दिनमै यो विधिबाट परीक्षण शुरु हुने बताए ।

उनले यो विधि अमेरिका तथा युरोपका विभिन्न देशहरुले अपनाएको समेत दावी गरे ।

नेपालमा संक्रमण बढदै जाँदा पीसीआर विधिको परीक्षण बढाउनुपर्ने आवाज उठेको छ । केही दिन यता विभिन्न प्रयोगशालामा आरएनएक्सट्रयाक्सन  किट नहुँदा पीसीआरको रिएजेन्ट भएर पनि परीक्षण हुन सकेको छैन् ।

डा. खेम कार्की

अब शुरु गर्न लागिएको विधि आएपछि यो समस्या पनि समाधान हुने र ठूलो संख्यामा परीक्षण गर्न सकिने मन्त्रालयको धारणा रहेको छ ।

डा कार्कीले अमेरिकी बैज्ञानिकहरुको कन्सलटेशनमा ‘डाइरेक्ट पीसीआर मेथड’बाट परीक्षण गर्ने योजना अघि सारिएको बताए ।

उनले नयाँ विधि स्वीकृत हुनासाथ उनले कम्युनिटी सर्भेका लागि पुल स्याम्पल मेथडमा जाने निर्णय भएको समेत बताए । उनले क्वारेन्टिनमा बसेकाहरुलाई पुल स्याम्पल मेथडबाट परीक्षण गरी आवश्यक निर्णय लिन सकिने बताए ।

डा कार्कीका अनुसार नयाँ विधिमा ड्राई स्वाव लिएर त्यसैबाट परीक्षण गरिने हो । अहिले पीसीआर गर्दा एक्सट्रयाक्सन गरिन्छ । त्यो भनेको थुक तथा खकारबाट भाइरस भेटाउने हो । डाइरेक्ट विधिबाट परीक्षण गर्दा एक्सट्रयाक्सन गर्दा लाग्ने ४ घण्टाको समय समेत बचत हुने उनले बताए ।

नयाँ विधिबाट परीक्षण गर्नका लागि अहिले ३० हजार पीसीआर रिएजेन्ट नेपाल आइसकेको छ । त्यो रिएन्जेन्ट ल्याउँदा आरएन एक्सट्रयाक्टस किट छुटेको थियो । यस्तै अरु पनि आउने क्रममा रहेको बताए ।

सिंगापुरबाट करीब २० हजार थान पीसीआर रिएन्जेन्ट र आरएन एक्सट्रयाक्सन किट आउँदै
यसैबीच डा कार्कीले सिंगापुरमा रहेको करीब २० हजार पीसीआर रिएन्जेन्ट र आरएन एक्सट्रयाक्सन किट तत्कालै नेपाल ल्याउने प्रक्रिया अघि बढेको बताए । उनले आज अष्ट्रेलिया जाँदै गरेको नेपाल बायुसेवा निगमको चार्टेड वाइडबडी विमानबाट ल्याउने तयारी भएको दावी गरे ।

‘वाइडबडी जाँदा र आउँदा मलेसियामा तेल भर्ने तालिका रहेको छ । हामीले सिंगापुरमा रहेको त्यो सामान मलेसिया ल्याउने र त्यहाँबाट सोही विमानमा नेपाल ल्याउने योजना बनाएका छौँ,’ उनले भने ।

यो सामान समेत आएपछि नयाँ र पुरानो विधिबाट झण्डै ५० हजार जनाको पीसीआर विधिबाट परीक्षण गर्न सकिनेछ ।

आज अष्ट्रेलिया प्रस्ताथ गरेको वाइडबडी भोलि बेलुका नेपाल फर्किने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *