कोरोना उपचार पछि डिस्चार्ज भएका रौतहटका युवालाई पुन: आइसोलेसनमा राखियो

532
Shares

काठमाडौँ, २१ बैशाख । दुई साता लामो कोरोना भाइरस (कोभिड – १९) को उपचार पछि गत साता डिस्चार्ज भएका रौतहटका १९ बर्षिय युवकलाई पुन : कोरोनाको आशंकामा अस्पताल भर्ना गरिएको छ । उनलाई हिजो राती वीरगञ्जस्थित नारायणी अस्पतालमा ल्याई आइसोलेसनमा राखिएको हो ।

गत १ बैशाखमा कोरोना भाइरस पोजेटिभ देखिएपछि उनलाई सोही दिन नारायणी अस्पतालमा ल्याई आइसोलेसनमा राखिएको थियो । तर पछिल्लो दुई रिपोर्ट नगेटिभ देखिएपछि उनी १४ बैशाख (गत आइतबार) मा अस्पतालबाट डिस्चार्ज भएका थिए ।

अस्पतालका मेसु डा. मदनकुमार उपाध्यायले युवक घरमा एक साता बस्दा समसया र केही लक्षण दोहोरिएको बताएपछि अस्पताल आउन भनेको र हिजो राती नै अस्पतालमा ल्याएर राखिएको जानकारी दिए । उनको आज थ्रोट स्वाब र रगतका नमुना लिएर पुन कोरोना भाइरसको परीक्षण गर्ने तयारी भएको बताए ।

सो अस्पतालमा अहिले ८ जना विरामीले कोरोना भाइरसको उपचार गराईरहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *