बेलायती प्रधानमन्त्री जोन्सलाई पुत्रलाभ, प्रेमिका केरीले जन्माइन छोरा

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन बाबु बनेका छन् । उनकी प्रेमिका केरी साइमन्ड्सले बुधबार छोरा जन्माएकी छन् । त्यस लगत्तै यी जोडीले एक वक्तव्य जारी गर्दै भनेका छन्, आज विहान लण्डनको अस्पतालमा स्वस्थ छोरा जन्मिएको छ ।

प्रधानमन्त्री जोन्सनको प्रवक्ताका अनुसार आमा र बच्चा दुबै स्वस्थ छन् । जोन्सन र उनकी प्रेमिकाले अस्पतालका डाक्टर प्रति आभार व्यक्त गरेका छन् ।

यसैबीच विपक्ष दलका नेता केर स्टार्मरले ट्वीट गर्दै भनेका छन्, ‘वंन्डरफुल न्यूज, बोरिस जोन्सन तथा केरी सामइनको धेरै बधाई छ ।’

यस्तै स्वास्थ्य मन्त्री मैट हैंकाकले पनि ट्वीट गर्दै बोरिस र केरीका लागि आफू बहुत रोमान्चित भएको बताएका छन् ।

३२ बर्षीया केरी पहिले कंजरवेटिव पार्टीको सञ्चार विभाग प्रमुख रुपमा काम गर्दथिन । तर अहिले उनी पर्यावरण तथा समुद्रको संरक्षणको मुद्धामा काम गर्दछिन् । जोन्सन प्रधानमन्त्री बनेपछि केरी डाउनिङ स्ट्रीटमा रहेको प्रधानमन्त्री निवासमा बस्न आएकी थिइन । बेलायतको इतिहासमा यो पहिलो यस्तो जोडी हो जो विना विवाह प्रधानमन्त्री निवासमा रहेका छन् ।

डेविड क्यामरुन र टोनी ब्लेयर पनि प्रधानमन्त्री भएकै बेलामा बनेका थिए  बाबु 
जोन्सन भन्दा पहिला डेविड क्यामरुनकी पत्नी समाथाले सन् २०१० मा छोरी फ्लोरेन्सको जन्म दिएकी थिइन । त्यसबेला क्यामरुन प्रधानमन्त्री थिए । यस अघि सन् २००० मा टोनी ब्लेयर प्रधानमन्त्री भएकै बेला उनकी पत्नी चेरी व्लेयरले आफ्नो चौथो बच्चा जन्माएकी थिइन् ।

जोन्सन चार बच्चाको बाबु !
हालका प्रधानमन्त्री जोन्सन पहिले नै चार बच्चाका पिता हुन् । उनका २६ बर्षीया लारा ल्याटिस, २४ बर्षका मिलो आर्थर, २२ बर्षका कैसिया पीचेस र २० बर्षका थिोडोर अपोलो छन् ।

विहे गरेको २५ बर्षपछि जोन्सनले श्रीमती व्यारिस्टर म्यारिना व्हीलरसंग छोडपत्र गरेका थिए । यसबाहेक उनका थप एक सन्तान समेत रहेको बताइएको छ । उनी लण्डनका मेयर हुँदा उनको एक प्रेमिकाबाट सन्तान जन्मिएको बताइने गरेको छ । जोन्सनले भने आफ्ना सन्तान कति छन् भन्ने विषयको कुरा नउठाउन र आफू त्यसमा केही नबोल्ने जानकारी सार्वजनिक रुपमा दिदै आएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *