रुपन्देहीका संक्रमित १४ दिन अघि भारतबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्ति

बुटवल, १९ बैशाख । कोरोना भाइरस ( कोभिड १९)को संक्रमणमा परेका भनिएका रुपन्देहीका २५ बर्षिय पुरुष १४ अघि भारतबाट आएको खुलासा भएको छ । कोटहीमाई गाँउपालिका १ मर्चवारका स्थानीय उनी गत ५ बैशाखमा मर्चवार क्षेत्रको सिमाबाट नेपाल छिरेको बुझिएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीका संक्रमित व्यक्तिलाई उनका दाजुले सिमा नाकाबाट रेस्क्यु गरी ल्याएर स्थानीय मर्चवार आदर्श उमाविमा सञ्चालन गरिएको क्वारेन्टाइनमा राखेका थिए ।

जिल्लाले भारत तथा तेस्रो मुलुकबाट हालसालै आएका तथा क्वारेन्टाइनमा रहेकाहरुको पीसीआर परीक्षण गर्ने अभियान शुरु गरेको थियो । सोही क्रममा १७ बैशाखका दिन उती सहित विभिन्न क्वारेन्टाइनमा रहेका तथा विदेशबाट हालसालै आएका २४३ जनाको पीसीआर परीक्षण गर्न नमूना संकलन गरिएको थियो ।

त्यसमध्ये १३४ जनाको त्यहि स्थापना गरिएको प्रयोगशालामा र १०९ जनाको काठमाडौँस्थित राष्टिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । ‘आज पोजेटिभ देखिएको त्यहि १०९ मध्येकै एउटा केश हो,’ डा गिरीले भने ।

उनको पोजेटिभ आइसकेपछि उनलाई लिन गएका दाजु र परिवारका अन्य सदस्यलाई क्वारेन्टाइन राखिएको छ । संक्रमित युवकलाई बुटवलस्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको छ ।

उता नेपालगञ्जमा भेटिएका ६० बर्षीय संक्रमित मस्जितमा रहने व्यक्ति रहेको बुझिएको छ । एउटा मस्जितमा रहेका ११ जनाको आरटी पीसीआर गर्दा उनको पोजेटिभ आएको बताइएको छ । उनी मदरसामा पढाउने स्थानीय धर्मगुरु भएको र उनको यात्रा विवरण थाह भइनसकेको बताइएको छ । अहिले उनलाई नेपालगञ्जस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको आइसोलेसन वार्डमा ल्याइदै गरिएको बताइएको छ ।

आज दुई जना संगै नेपालमा संक्रमितको संख्या ५९ पुगेको छ । संक्रमितमध्ये १० जना महिला र बाँकी सबै पुरुष छन् । संक्रमित मध्ये १६ जना उपचार पछि निको भएर घर फर्किसकेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *