चीनको गान्सु प्रान्त सरकारद्धारा बाग्मती र प्रदेश–५ लाई स्वास्थ्य सामाग्री प्रदान

बैशाख १९, काठमाडौं । विश्वव्यापी महामारीको रुप लिईरहेको कारोना भाइरस (कोभिड–१९) का विरुद्ध लड्न चीनको गान्सु प्रान्त सरकारले नेपालको बाग्मती प्रदेश र प्रदेश नं ५ लाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

राष्ट्रिय चिकित्सक संघ नेपाल (एनडीएएन) लुम्बिनी शाखा को संयोजनमा प्राप्त उक्त सामग्री आज संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा आयोजित एक कार्यक्रममा गान्सु प्रान्त सरकारका प्रतिनिधी होङ्ग होङ्गले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराई, एनडीएएनका केन्द्रीय महासचिव डा रमेश ढकालको रोहोबरमा सो मन्त्रालयका सचिव केदारवावु अधिकारी हस्तान्तरण गरेको हो ।

स्वास्थ्य सामग्रीमा २० हजार थान सर्जिकल मास्क र एक हजार थान पिपिई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री भट्टराइले कोरोना विरुद्धकोे लडाई जित्नका लागि प्राप्त स्वास्थ्य सामाग्रीले ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे । यो खालको सहयोगले नेपाल–चीनवीचको सम्वन्धलाई अझ सुदृढ बनाउनुका साथै दुई देशका जनतावीचको सम्वन्धलाई पनि प्रगाढ बनाउने विश्वास मन्त्री भट्टराईले व्यक्त गरे । मन्त्रालयका सचिव अधिकारीले प्राप्त सहयोगका लागि सरकारका तर्फबाट धन्यवाद व्यक्त गर्दै यसवीचमा चीन सरकारका विभिन्न तहबाट प्राप्त सहयोगको पनि उच्च प्रशंसा गरे ।

त्यस्तै, गान्सु प्रान्त सरकारका प्रतिनिधी होङ्गले आफ्नो सरकारका तर्फबाट यो पहिलो सहायता भएको उल्लेख गर्दै आवश्यकता अनुसार थप सहयाग गर्दै जाने बताए । चीनवाट शुरु भएको कोरोनाको प्रकोप अहिले विश्वव्यापी भईसकेको सन्दर्भमा आफूहरुले यसवाट प्रभावित देशहरुलाई सक्दो सहयोग गर्न चाहिरहेको उल्लेख गर्दै उनले कोरोना विरुद्धको यो लडाई जित्न थप आवश्यकता चाहिएमा खुलस्त रुपमा भन्न समेत आग्रह गरे ।

उनले भने–‘नेपाललाई यो महामारीबाट हुनसक्ने धनजनको क्षतीवाट बचाउन थप आवश्यकता चाहिए खुलस्तरुपमा भन्नुहोला, हामी सहयोगका लागि तयार छांै ।’ यस्ता महामारी र प्रकोप मानिसको नियन्त्रणमा नहुने उल्लेख गर्दै उनले मानव– मानववीचको सद्भाव कायम राख्न र दुई देशबीचको प्रगाढ सम्वन्धलाई अझ सुदृढ बनाउने निरन्तरताका रुपमा यो सहयोग प्रदान गरिएको बताए ।

कार्यक्रममा एनडीएएनका केन्द्रीय महासचिव डा ढकालले सुरक्षित पेशा खुशी चिकित्सक सिद्धान्त लिएको राष्ट्रिय चिकित्सक संघ नेपाल आगामी दिनहरुमा पनि यस्तै राम्रा काम गर्दै अगाडी बढ्ने बताए ।

सहयोग कार्यक्रमको संयोजन तथा सञ्चालन गरेका एनडीएएन लुम्विनीका महासचिव डा सागर न्यौपानेले छिमेकी मुलुकको यस खालको सहयोगले दुई देशबीचको सम्वन्धमा थप प्रगाडता ल्याउने विश्वास व्यक्त गरे । उनले प्राप्त सामग्री तत्कालै दुई प्रदेशमा पठाइने समेत जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *