कोभिड–१९ सङ्क्रमितमध्ये २३.३ प्रतिशत भारतीय निको भई घर फर्किए


नयाँ दिल्ली, १६ वैशाख । कोरोनाभाइरस (कोभिड–१९)सङ्क्रमित छ हजार ८६९ भारतीयहरू देशभरका विभिन्न अस्पतालमा उपचारपछि निको भई घर फर्किएका संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ ।

मन्त्रालयका अनुसार निको भई घर फर्किने विरामीको दर २३.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । अघिल्लो दिन उपलब्ध गराएको तथ्याङ्कभन्दा निको हुने विरामीको सङ्ख्यामा करिब एक प्रतिशत सुधार देखिएको छ, मन्त्रालयका सहसचिव लव अग्रवालले बताए।

भारतमा विगत २४ घण्टामा थप एक हजार ५४३ जना सङ्क्रमित भई कूल सङ्क्रमितको सङ्ख्या २९ हजार ४४५ पुगेको अग्रवालले बताए ।

कोभिड–१९ बारे तथ्याङ्क अद्यावधिक गराउँदै पत्रकार सम्मेलनमा उनले भने, “भारतमा मङ्गलबारसम्म २९ हजार ४३५ जना सङ्क्रमित भएका छन् भने यीमध्ये एक हजार ५४३ जनामा विगत २४ घण्टामा सङ्क्रमण पुष्छि भएको छ । सङ्क्रमितमध्ये छ हजार ८६९ अर्थात् २३.३ प्रतिशत व्यक्ति पूर्ण निको भएका छन् । तथ्याङ्कले निको हुने व्यक्तिको सङ्ख्या दरमा सुधार देखाउँछ ।”

अग्रवालका अनुसार विगत २८ दिनमा विभिन्न १७ जिल्लामा नयाँ सङ्क्रमण देखिएको छैन । यसको मतलव हुन्छ कि हामीले नियमित सतर्कता अपनाउन आवश्यक रहेको छ । रासस/एएनआई

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *