भारतीय स्वास्थ्यमन्त्री हर्षवर्धनको ओएसडी कार्यालयको सुरक्षा गार्डमा कोरोना पोजेटिभ

नयाँ दिल्ली, केन्द्रीय स्वास्थय मन्त्री डा हर्षवर्धनको एम्सस्थित अन स्पेशल डिउटी (ओएसडी) कार्यालयमा रहेको सुरक्षा गार्डमा कोरोना भाइरस पोजेटिभ देखिएको । यो सुरक्षागार्डको शनिबार परीक्षण गरिएको थियो ।

यस्तै अंवेडकर इन्स्टिच्युट रोटरी क्यान्सर अस्पतालमा कार्यरत एक जना नर्समा पनि कोरोना भाइरस पोजेटिभ पाइएको छ । ती नर्सको दुईजना बच्चामा पनि कोरोना पोजेटिभ देखिएको पीटीआईले जनाएको छ ।

ओएसडी गार्डमा भाइरस पोजेटिभ देखिएपछि त्यहाँका अन्य कर्मचारी तथा सुरक्षाकर्मीलाई क्वारेन्टाइनमा जान भनिएको छ ।
गार्ड तथा नर्सको सम्पर्कमा आएकाहरुको खोजी गरी कन्ट्याक ट्रेसिङ सुरु गरिसकेको अधिकारीहरुले बताएका छन् ।

यसअघि एम्सको ग्यास्ट्रोलोजी विभागमा कार्यरत एक पुरुष नर्समा पनि कोरोना भाइरस पोजेटिभ पाइएको थियो । यस्तै कार्डियो युरो विभागमा कार्यरत एक निजी सहायकमा पनि कोरोना पोजेटिभ देखिएको थियो ।

भारतमा ठूला स्वास्थ्य संस्थामा कर्मचारीमा संक्रमण देखिने क्रम बढ्न थालेको छ । त्यसले कतिपय स्वास्थ्य संस्था पूर्ण रुपमा बन्द भएको छ ।
भारतमा अहिले कोरोना संक्रमितको संख्या २८ हजार बढी पुग्न आँटेको छ । अहिलेसम्म ८७२ जनाको ज्यान गएको छ भने । ६ हजार १८५ जना निको भएर घर फर्केका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *