झापामा थप अर्को व्यक्तिमा देखियो कोरोना, संक्रमित संख्या ५२ पुग्यो

328
Shares

काठमाडौं, १४ बैशाख । झापामा थप एक जना व्यक्तिमा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ । विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा ५० बर्षिय एक जना पुरुषमा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसको संक्रमण देखिनेको संख्या ५२ पुगेको छ। संक्रमित मध्ये १६ जना भने उपचारपछि निको भइसकेका छन्।
यसअघि १२ वैशाखमा झापाका ६२ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको थियो ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार नेपालमा हालसम्म ५१ हजार ३ सय ६७ जनाको नमूना परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा २ हजार ९६ जनाको नमूना परीक्षण भएको छ। जसमध्ये आइतबार मात्र तीन नयाँ संक्रमित थपिएका छन्।

हालसम्म पिसिआरबाट ९ हजार ९ सय ३१ र आरडिटिबाट ४१ हजार ४ सय ३६ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *