कोरोना विरुद्धको युद्ध र सीपाही बनेका स्वास्थ्यकर्मीको पिडा

डा.उदयचन्द्र प्रकाश

डा.उदयचन्द्र प्रकाश

धेरै भएको छैन, मात्रै केही महिना अगाडी । अझ भनौ कोरोना भाइरस (कोभिड १९)को महामारी शुरु हुनु पहिले ।

चिकित्सक वा स्वास्थ्यकर्मीको लापरवाहीले बिरामीको मृत्यु, अस्पतालमा तोडफोड, स्वास्थ्यकर्मीमाथि हातपातको प्रयास । यस्ता शीर्षक राखेर दिनहु जसो समाचार आउँथे । अस्पतालमा जे सुकै कारणले मृत्यु होस् तर दोष चिकित्सक वा स्वास्थ्यकर्मीमा जान्थ्यो ।

अस्पतालमा हुलदंगा हुन्थ्यो । चिकित्सक माथि हातपातको प्रयास हुन्थ्यो । अनि अन्त्यमा क्षतिपूर्तिको नाममा ठूलो रकम भराईन्थ्यो र तनावपूर्ण अवस्थालाई सेफल्याण्डिङ गराईन्थ्यो । त्यसबेला डाक्टरले अनावश्यक दुर्व्यवहार सहनु पर्दथ्यो । बर्षौको मेहनेत र तपस्याले आर्जित ज्ञान् र सीपलाई सेवामा परिणत गर्ने चिकित्सकलाई सम्मान र कदरको के कुरा झुठो आरोप लगाइन्थ्यो र दुर्व्यवहार गरिन्थ्यो । मलाई हामी स्वास्थ्यकर्मीलाई हेर्ने नजरिया आज पनि उस्तै छ ।

तर कुरा के हो भने स्वास्थ्यकर्मीलाई हेर्ने जो पुरानो सोच छ त्यसलाई परिवर्तन गर्नु जरुरी देखिन्छ । किनभने मान्छेको जीवन बचाउने कर्म गर्छन् स्वास्थ्यकर्मीले । अहिलेको महामारीकै कुरा गरौँ न । ज्यानको पर्वाह नगरी अग्रपंक्तिमा भिड्ने स्वास्थ्यकर्मी नै हुन् ।

यसरी भिड्ेर जनताको स्वास्थ्यमा खटिने स्वास्थ्यकर्मीको हौसला बढाउनु जरुरी छ । साथ र हातेमालो गर्नुपर्ने छ । तर यहाँ अहिले पनि त्यस्तो छैन् । डाक्टरलाई हतोत्साहित गरिन्छ । स्वास्थ्यकर्मीप्रतिको नत पहिलो राम्रो भयो न त यो महासंकटको बेलामा ।

जसरी युद्ध जित्नको लागि हात हतियारको साथ सिपाहीको मनोबल उच्च पार्नुपर्न । अहिले कोरोना विरुद्धको युद्धमा पनि त्यति रणनीति अख्तियार गर्नु जरुरी छ । कोरोना विरुद्धको लडाईका सीपाईहरुलाई हातहतियारको रुपमा आवश्यक स्वास्थ्य सुरक्षा सामग्री पीपीई, मास्क लगायतका सामग्री आवश्यक छ । यस्तै सुरक्षा र हौसला पनि । तर यहाँ त न पर्याप्त पीपीई छ न सुरक्षा । स्वास्थ्यकर्मीलाई हातपात गर्नेमाथि डिउटीमा रहेको सुरक्षाकर्मीलाई हातपात गरे सरह कारवाही गर्ने भनियो तर सुरक्षाकर्मीले नै चिकित्सक र स्वास्थ्यकर्मीमाथि लाठी बर्साउँछ । यसलाई के भन्ने ?

कोरोनाको यस लडाई लड्न लाई कुनै पनि स्वस्थकर्मी पछि परेका छैनन्, मात्र चहिएको कुरा हो सुरक्षा र असल नेतृत्व । चिकित्सक तथा स्वास्थ्यकर्मी आफ्नो बिगतको दुख र पिडा बिर्सेर, आफ्नो सपनालाई त्यागेर जनताको जीवन रक्षार्थको लागि होम्मिनै पर्ने हुन्छ । हामीमा अझै पनि जनचेतना र विवेकशिलताको कमी महशुस हुनुपर्छ नत्र भने अहिले यो घडीमा स्वस्थकर्मीलाई आफू बस्ने घर र टोलमा आउन प्रतिबन्ध, घर खाली गर्नुपर्ने जस्तो कुरा गरिदैनथ्यो होला ।

हामी हाम्रा स्वास्थ्यकर्मीप्रति गर्व गर्नु पर्छ । यस्तो परिस्थितिमा पनि आफ्नो कर्तव्य ठानेर कोरोना विरुद्धको अभियानमा खटिएका छन् ।

स्वास्थ्यकर्मीमाथि देखिएका दुर्व्यहार प्रति न देश र सरकारले संबेदनसिलतालाई अंगालेको देखिन्छ नत स्वास्थ्यकर्मीहरुको पेशागत संघ संगठनले ।

सिमित श्रोत र साधन भएर पनि स्वस्थकर्मीले यसरी आँट देखाउनु र कदम चाल्नु आफैमा एउटा प्रशंसनीय कार्य हो जुन कुरा सबैले बुझ्नुपर्छ र साथै सबैबाट मनोबल बढाउने कार्य गर्नुपर्छ । सुरक्षाको अनुभूति र स्वास्थ्यकर्मीको मनोबल बढाए मात्रै यो युद्ध जित्न सकिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

5 thoughts on “कोरोना विरुद्धको युद्ध र सीपाही बनेका स्वास्थ्यकर्मीको पिडा

  1. हामी हाम्रा स्वास्थ्यकर्मीप्रति गर्व गर्नु पर्छ । यस्तो परिस्थितिमा पनि आफ्नो कर्तव्य ठानेर कोरोना विरुद्धको अभियानमा खटिएका छन् ।
    Well said dr sab…
    Salute to the health professionals

Leave a Reply

Your email address will not be published. Required fields are marked *